Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १७ असोजः बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो ।

रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ ।

लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उहाँले बताउनुभयो । “सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक-दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ”, उहाँले भन्नुभयो, “यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दैछौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती जडान गर्ने योजना छ ।”

दसैँको तयारीसँगै मन्दिर परिसरमा विभिन्न संरचना निर्माण, मर्मत तथा स्तरोन्नतिका कामसमेत भइरहेका छन् । भोजघरको करिब ९८ प्रतिशत काम सकिएको छ भने भजन गर्ने पाटी र प्रबन्ध समितिको कार्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, मयूरकुण्ड निर्माण पनि करिब ९५ प्रतिशत पूरा भएको समितिले जनाएको छ ।

मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकार, वडा तथा सम्पदा संरक्षणसम्बन्धी बजेटबाट विभिन्न काम भइरहेको सदस्य सचिव खड्गीले बताउनुभयो । “अझै गर्न बाँकी काम धेरै छन् । मन्दिर अगाडिको मुख्य सडकतर्फ रहेको बारलाई सांस्कृतिक स्वरूप दिने योजना छ । त्यसमा दाँची अप्पा राखेर पर्खाल उठाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये एक हो । बडादसैँको अवसरमा यहाँ दर्शन तथा पूजाआराधनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सहकारीका ऋणीलाई ११ करोड असुली

  • ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

    ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

  • वरिष्ठ पत्रकार लम्सालको निधन

    वरिष्ठ पत्रकार लम्सालको निधन

  • आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

    आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    धादिङमा अव उद्योग दर्ता अनलाईनबाटै

    धादिङमा अव उद्योग दर्ता अनलाईनबाटै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution