Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी, १७ असोज : म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन् ।

बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झ¥याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन् । १५ जनाको समूहले दिनभर श्रमदान गरेर पैदलयात्रा गर्न असहज बनाएका रुखहरु काटेर हटाउने काम पनि गरेका संयोजक पौडेलले बताउनुभयो ।

“यो सडक मर्मत सकिएर नियमित रुपमा यातायातका साधन सञ्चालन हुने अवस्था नआउँदा सम्मका लागि पदैलयात्रा गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यताका यात्रुको सहजताका लागि श्रमदान अभियान सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो “सामाजिक सञ्जाल फेसबुकमा अपिल र साथीहरुलाई आव्हान गरेर स्वमसेवक परिचालन गरेर सडकमा मानिसलाई सहज तथा सुरक्षित रुपमा आवत जावतको वातावरण बनाउने प्रयास गरिएको हो ।”

गत हप्ताको झरिपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डको कतिपय ठाउँहरुमा पैदलयात्रा गर्न पनि कठिन अवस्था छ । एक हप्ताअघिसम्म दैनिक हजारौ गाडी गुुड्ने बेनी जोमसोम सडकको बेनी देखि काभ्रेभिर खण्डको ३३ किलोमिटर सडक पहिरो, कालीगण्डकीको कटान र बाढीले छिया छिया बनाएको छ । पक्की सडक भत्किएको मात्रै छैन केही ठाउँमा नाम निशाना नभेटिने गरि बगेको र भत्किएको छ ।

सडक मर्मत नहुँदासम्म मुस्ताङमा फसेका पर्यटक, तिर्थयात्री, ब्यवसायी र स्थानीयबासीहरु अत्यावश्यक कामका लागि यो बाटो हिडेर गन्तब्यमा पुग्ने एकमात्र विकल्प बनेको छ । सडकमा गर्नुपर्ने पदयात्रा जोखिमपूर्ण र असहज छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्य ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी खण्डमा मर्मत जारी रहेको बताउनुभयो । इन्धन र उपकरणको ब्यवस्था मिलाएर थप ठाउँमा पनि उपकरण र मजदुर परिचालन गरेर अवरुद्ध बनेको कोरला नाका जोड्ने सडक जति सक्दो छिटो सञ्चालन गर्न युद्धस्तरमा कामलाई तिब्रता दिएको शर्माले बताउनुभयो । –––

राष्ट्रिय समाचार समिति (रासस)

  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

  • धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

    धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

  • Post Thumbnail

    ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’

  • Post Thumbnail

    कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution