Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण पहिलो प्राथमिकता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रदेश नीति तथा योजना आयोगको पहिलो
रासस १५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

हेटौँडा, १६ असोज : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रदेश नीति तथा योजना आयोगको पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ। प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूको शुक्रबार आयोजित शपथग्रहण कार्यक्रममा उहाँले रसुवा, नुवाकोट, धादिङ र चितवनका विपद् प्रभावित क्षेत्रमा आयोगको टोली परिचालन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक योजना तयार गरिने बताउनुभयो।

“नीति तथा योजना आयोग गठन भइसकेपछि प्रभावित क्षेत्रमा आयोगको टोली खटाउँछौँ। पुनर्निर्माण र पुनःस्थापना हाम्रो पहिलो प्राथमिकता रहनेछ”, मुख्यमन्त्री थापा मगरले भन्नुभयो। उहाँले विपद्का कारण मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण योजनाबद्ध रूपमा अघि बढाइने बताउनुभयो। प्रदेशको विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारका क्षेत्रमा समेत आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।

मुख्यमन्त्री थापा मगरले विगतका योजना तथा कार्यक्रमका कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने क्षेत्र निर्धारण गर्न तथा आगामी विकास योजनालाई प्रभावकारी बनाउन आयोगको विज्ञता उपयोग गरिने बताउनुभयो।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. देवराज रोकालाई तथा सदस्यमा सुनिता गौतम, दीपकविक्रम थापा र सुरेन्द्रवर सिंह थापालाई नियुक्त गरेको थियो। नवनियुक्त उपाध्यक्ष रोका, दीपकविक्रम थापा र सुरेन्द्रवर सिंहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नियुक्त सदस्य सुनिता गौतम कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेकाले उहाँलाई पछि शपथ गराइने मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो।

उहाँले नवनियुक्त पदाधिकारीलाई प्राप्त जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै प्रदेशको समृद्धिका लागि आफ्नो विज्ञता उपयोग गर्न आग्रह गर्नुभयो। –

राष्ट्रिय समाचार समिति (रासस)

  • चितवन
  • धादिङ
  • नुवाकोट
  • मन्त्रिपरिषद्
  • रसुवा
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

  • Post Thumbnail

    पृतनापति समन्वयात्मक बैठक सम्पन्न

  • Post Thumbnail

    युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

  • तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution