Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

काठमाडौँ, १५ असोज : सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’ पछि समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको हो ।

सल्लाहकार डा अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समितिको विकासका लागि जडीबुटीको दिगो सङ्कलनका साथै सम्बन्धित विभिन्न निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्नुहोस्, तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्नेछ ।”

डा अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको सङ्ख्या बढाउने र आगामी दिनमा विदेशमा पनि निर्यात गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चापदार्थका रूपमा रहेको जडीबुटी सङ्कलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कच्चा पदार्थको सदुपयोगका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरणका साथै कानूनमा पनि सुधार आवश्यक छ, त्यसका लागि चाँडोभन्दा चाँडो काम गर्नुपर्ने छ, औषधिजन्य वनस्पतीको खतीदेखि सङ्कलन र उपभोगसम्म स्पष्ट कानून निर्माणमा ढिलाइ गर्न हुँदैन ।”

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेद औषधिका लागि आवश्यक कच्चापदार्थको सङ्कलन र उपयोगका सम्बन्धमा मन्त्रालयबाट आवश्यक सहजीकरण हुने बताउनुभयो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी सङ्कलनका लागि सरोकारवालाबीच समन्वय र कानूनी स्पष्टताको आवश्यकता औँल्याउनुभयो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउनका लागि किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’ मा जानुपर्नेमा जोड दिनुभयो । उहाँले जडीबुटी कम्पनीहरूसँग पनि बढीभन्दा बढी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले आयुर्वेदको उत्पादनमा कच्चापदार्थ नै मुख्य समस्या रहेको बताउनुभयो । उहाँले जडीबुटीको उत्पादन ठूलो मात्रामा गर्न सकियो भने मात्रै कम्पनीको विकास गर्न सकिने उल्लेख गर्नुभयो । साथै कच्चा पदार्थमा मूल्य समर्थन निर्धारण गर्ने हो भने सङ्कलनमा सहज हुने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा भएको जडीबुटी सङ्कलन र उपभोगका लागि विभिन्न कानूनमा सुधारको आवश्यकता औँल्याउनुभयो । कानुनले सामुदायिक वनबाट सालको पात टिपेर दुनाटपरी पनि बनाउन नमिल्ने अवस्था भएकाले कानुनमा सुधार जरुरी भएको उहाँको भनाइ छ ।

वनस्पती विभागका महानिर्देशक डा सञ्जिवकुमार राईले जडीबुटीको उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानुनहरू परिमार्जन गर्नुपर्ने बताउनुभयो । छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

  • निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

  • मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution