Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

काठमाडौँ, १५ असोजः नेपालको पहिलो चलचित्र ‘आमा’ प्रदर्शन भएको दिनको स्मरणमा आज दोस्रो राष्ट्रिय चलचित्र दिवस मनाइएको छ । चलचित्र विकास बोर्डले देशमा पछिल्लो समय आएको विपत्तिका कारण कुनै औपचारिक कार्यक्रम आयोजना नगरी आन्तरिक रूपमा शुभकामना आदानप्रदान गरी दिवस मनाएको हो ।

भोटेकोशी नदीमा गएको बाढीलगायत मौसमजन्य विपत्तिका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएकाले यस वर्ष दिवसलाई औपचारिक कार्यक्रम नगरी मनाइएको चलचित्र विकास बोर्डका सदस्य-सचिव सविनसिंह चौधरीले जानकारी दिनुभयो । दिवसका अवसरमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा, सदस्य सचिव चौधरीसहित कर्मचारीहरूको सहभागिता थियो ।

दोस्रो राष्ट्रिय चलचित्र दिवसका लागि चलचित्र विकास बोर्डले ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारा तय गरेको छ । दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै बोर्डका कार्यवाहक अध्यक्ष शर्मा भन्नुभयो, “नेपालको पहिलो चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शन भएको दिनको विशेष स्मरणमा हरेक वर्ष असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने नेपाल सरकारको निर्णयअनुरूप आज नेपाली चलचित्र इतिहासकै एउटा गौरवशाली र ऐतिहासिक क्षणमा चलचित्र विकास बोर्डबाट ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नाराका साथ दोस्रो राष्ट्रिय चलचित्र दिवस मनाउने निधो भएको हो ।”

“आजको यस विशेष दिनमा हामीले विगतको समीक्षा गर्दै वर्तमानका चुनौतीलाई चिरेर नेपाली चलचित्रको भविष्यलाई अझ बढी मर्यादित, व्यावसायिक र प्रविधिमैत्री बनाउने सङ्कल्प गर्नुपर्छ”, कार्यवाहक अध्यक्ष शर्माले भन्नुभयो, “नेपाली माटोको सुगन्ध, हाम्रो मौलिक संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतार्दै विश्वमाझ नेपालीपनको पहिचान फैलाउनु हामी सबैको साझा दायित्व हो ।” उहाँले नेपाली चलचित्र उद्योगको चौतर्फी विकास, चलचित्रकर्मीको हकहित संरक्षण तथा नेपाली चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र विकास बोर्ड नीतिगत सुधार र रचनात्मक कार्यमा निरन्तर रहने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

कार्यवाहक अध्यक्ष शर्माले नेपाली चलचित्रको जग बसाल्न योगदान पुर्‍याउनुहुने अग्रज चलचित्रकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै विपद्बाट प्रभावित व्यक्ति तथा परिवारलाई सरकारले सुरु गरेको राहत तथा पुनःस्थापनाको कार्यमा सक्दो सहयोग गर्न बोर्ड सम्बद्ध सबैमा आग्रह गर्नुभयो ।

यसैबीच सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सम्पूर्ण नेपाली चलचित्रकर्मी, कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा चलचित्र क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । चलचित्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मन्त्री तिमिल्सिनाले नेपाली चलचित्रलाई कला, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचान उजागर गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्नुभएको छ । नेपाली समाजका कथा, सम्वेदना र सृजनशीलतालाई पर्दामार्फत प्रस्तुत गर्दै चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा नेपाली चलचित्रकर्मीले पुर्‍याउनुभएको योगदानप्रति उहाँले उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय चलचित्र दिवसले नेपाली चलचित्रको इतिहास, योगदान र वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, व्यावसायिक र विश्व बजारमा प्रतिस्पर्धी बनाउने दिशामा प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

  • निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

  • सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

  • मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution