Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

काठमाडौँ, १५ असोज : निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने बाटो खुलेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो ।

मन्त्रालय मातहतको विद्युत् नियमन आयोगले आज ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण तथा वितरण प्रणाली (विद्युत् ग्रिड) को प्रयोग गर्न दिएवापत लिइने दस्तुर (ह्वीलिङ चार्ज) मापदण्ड सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष डा रामप्रसाद धितालकाअनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ ।

मापदण्डअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत् प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) मा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट रु ४.१३ लाख प्रतिमहिना र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरिएको अध्यक्ष धितालले बताउनुभयो ।

अध्यक्ष धितालले आयोगले खुला बजार नीतिअन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत् प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरेको बताउनुभयो ।

“उक्त शुल्क निर्धारण गर्दा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरण र प्राधिकरणबाट पेस भएको आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि वार्षिक आवश्यक आयको अनुमानित विवरण समेतलाई आधार मानी उपरोक्त मापदण्ड बमोजिमको गणना विधि अपनाई प्रसारण शुल्क निर्धारण गरिएको छ,” उहाँले भन्नुभयो । अध्यक्ष धितालका अनुसार तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर बिजुली आदानप्रदान गर्न आयोगले तोकेको मापदण्ड र दरअनुसार नेपाल विद्युत् प्राधिकरणलाई ह्वीलिङ चार्ज तिर्नुपर्नेछ ।

आयोगका सदस्य जयराज भण्डारीले राष्ट्रिय विद्युत् प्रसारण ग्रीडअन्तर्गत बाहेकका अन्य रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाहरूको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्नेगरी कार्य भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

  • सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

  • मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution