Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जनप्रतिनिधिले कुरा होइन काम गरुन् (सम्पादकीय)

प्रत्यूष १११३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (४ साल अघि)
जनप्रतिनिधिले कुरा होइन काम गरुन् (सम्पादकीय)

धादिङ,१५ जेठ ।
स्थानीय तहको निर्वाचन सकिएसंगै निर्वाचित जनप्रतिनिधिहरु कार्यालयमा पदबहाली भैसकेका छन् ।

केही मनोनित जनप्रतिनिधि बाहेकका सबै पद पुरा भएको छ भने,आगामी पाँच वर्षका लागि हाम्रा जनप्रतिनिधिलाई हामी सबैले हाम्रो कार्यालय जिम्मा समेत लगाइसकेका छौं । अहिले निर्वाचित जनप्रतिनिधिहरुको मतलाई हेर्ने हो भने, मतदानको क्रममा झरेको कुलमतको करिब ४० प्रतिशतको हाराहारीमा केही र धेरै जनप्रतिनिधिहरुले ३० प्रतिशत भन्दा कम मत ल्याएर विजयी भएको देख्न सकिन्छ ।

बैशाख ३० गते सम्पन्न निर्वाचनमा अधिकाँश स्थानमा ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको पाइएको छ भन् धेरै कम स्थानहरुमा मात्रै त्यो भन्दा धेरै मत खसेको पाइएको छ यसकारण यसले के बुझ्न सकिन्छ भने मत हाल्नबाटै ३५ प्रतिशतभन्दा धेरै नागरिकहरु बन्चित भएको अवस्था देख्न सकिन्छ ।

तै पनि विजेता जनप्रतिनिधिहरु आफुले अत्याधिक बहुमत प्राप्त गरी विजय भएको भन्दै गरवान्वित हुँदै भोज भतेर गरेर हिँडेको देख्न सकिन्छ । पम्पम्परादेखी चल्दै आएको यस किसिमको हर्कतलाई यस वर्ष भने काडमाण्डौ महानगरपालिकामा निर्वाचित मेयर बालेन्द्र शाहले चिरिदिएको छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन आचारसंहितामा उम्मेद्वारले गर्न पाउने खर्चको मापदण्डलाई उनले पालना गरेको अनुमान लगाइएको छ भने अन्य स्थानमा जो जसले जितेका भएपनि उनीहरुमाथी नै एक अर्काले आरोप र प्रत्यारोप गरेकाले निर्वाचन आचारसंहितामाथि नै अन्य निर्वाचित प्रनितिधिहरुमाथि नै यहि नै हो भन्न सकिने अवस्था छैन ।

अहिले पनि कतिपय राजनीतिक दलका नेतृत्वमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु विजय उत्सवमै छन् । केहीले गाउँगाउँमा घरदैलो कायमै राखेका छन् भने केहीले निर्वाचित राजनीतिक दलका नेता कार्यकर्ताहरु मार्फत बधाई दिने र विभिन्न किसिमले खुसीयाली साट्ने काम भैरहेको छ ।

उता काठमाण्डौ महानगरपालिकामा निर्वाचित मेयर बालेन्द्र शाहले भने काठमाण्डौको फोहोर व्यवस्थापनको बारेमा चिन्ता लिँदै फोहोर व्यवस्थापन भएको क्षेत्रको अवलोकन गर्दै आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयलाई आफ्नो चुनौतीको विषयको रुपमा लिदै गम्भीरताका साथ हेरेका छन् । यसले स्वतन्त्र उम्मेद्वारलाई जिताउन सफल काठमाण्डौ महानगरवासीलाई सफलताको संकेत समेत मिलेको छ ।

निर्वाचन सकिएको करिब २ साता हुन लागिसक्दा समेत जनप्रतिनिधिहरुले नयाँनयाँ काम गरेका समाचारहरु भने आएका छैनन् । निर्वाचित सबैजसोले आफ्नो कार्यकाल सफल हुने नमुना काम गर्न आफूहरुको योजना रहेको बताए पनि प्रारम्भीक चरणमा खासै सन्तोषजनक कामहरुको संकेत आएको छैन ।

साच्चै नै आफु निर्वाचित क्षेत्रलाई नमुना बनाउने हो भने निर्वाचित जनप्रतिनिधिहरुलाई एक दिनपनि धेरै महत्वको दिनहुनुपर्ने हो आजसम्ममा धेरैले नयाँनयाँ काम सुरुवात गरेका समाचारहरु आउनुपर्ने थियो त्यो भएको छैन । हुनतः निर्वाचित सकिएको खासै धेरै दिनभएको छैन पाँच वर्षसम्म काम गर्नुपर्नेहरुले केही महिना ढिलै मात्र आफ्ना नविनतम कामको सुरुवात गरे भने पनि त्यो सम्भव छ, यसर्थ नयाँ कामको थालनी गर्न र निरन्तर सेवाभावले विकास र सम्वृद्धिका लागि आफ्ना पाइला बढाउन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution