Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् – वरिष्ठ अधिवक्ता ढुङ्‍गाना

प्रत्यूष ७२६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १४, शनिबार (३ साल अघि)
हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् – वरिष्ठ अधिवक्ता ढुङ्‍गाना

काठमाडौ., १४ जेठ

बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भए पनि न्याय पाउने अवस्था हुने वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गानाले बताएकी छिन् ।

हाल हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँज नभएको उनको भनाइ छ ।

हदम्याद हटाउनुपर्ने सवाल बलात्कृत हुँदा पनि हिम्मत नपुगेर उजुरी दिन नसकी अन्ततः मानसिक पीडाका कारण डिप्रेसनमा गएका बलात्कार पीडितहरूलाई न्याय दिलाउने सन्दर्भमा आएको पनि उनले बताइन् ।

‘हदम्याद हटाउनु सकारात्मक हुन्छ । अहिले हदम्यादकै कारण दर्ता नभएका मुद्दा दर्ता हुन्छ । पीडितले न्याय पाउँछ’, उनले न्युजकारखानासँग भनिन्, ‘सक्षम र हिम्मत हुनेले त तत्काल उजुरी गरिहाल्छन् नि । तर, जसलाई उजुरी गर्न अप्ठ्यारो भएको छ र डिप्रेसनमा गएका छन्, ती बलात्कार पीडितहरूका लागि चाहिएको हो । र, अहिले त हदम्यादकै कारण उनीहरूको न्यायमा पहुँज नहुने स्थिति छ ।’

उनले हदम्याद बढाउनु वा हटाउनुलाई नराम्रो मान्न नसकिने बताएकी छिन् । उनका अनुसार हदम्यादै नराखिए धेरै पीडितहरूले न्याय पाउने सम्भावना एकदमै धेरै हुन्छ ।

आठ वर्षअघि एक किशोरी बलात्कार भएको घटना सार्वजनिक भएपछि पीडितलाई न्याय दिलाउने सन्दर्भमा हदम्याद हटाउने बहस चलेको हो।

शुक्रबार राष्ट्रियसभामा हदम्यादबारे संकल्प प्रस्ताव पनि दर्ता भएको छ ।  जहाँ बालिकाहरूको हकमा हदम्याद पूर्ण रूपमा हटाउनुपर्ने र अन्यको हकमा भने पुनरावलोकन हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution