Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फेसबुकमा युवतीको नांगो तस्बिर सार्वजनिक गर्ने धम्की दिने प्रहरी जवान पक्राउ

प्रत्यूष ११८७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १३, शुक्रबार (४ साल अघि)
फेसबुकमा युवतीको नांगो तस्बिर सार्वजनिक गर्ने धम्की दिने प्रहरी जवान पक्राउ

काठमाडौं, १३ वैशाख । 

फेसबुकमार्फत साथी बनेकी युवतीका अन्तरंग तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले साइबर ब्यूरोले प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । उनी धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए ।

रौतहटको भवानीपुर गाउँपालिका-४ घर भएका २७ वर्षीय यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका गोप्य तस्बिर लिएका थिए । पछि तिनै तस्बिरहरू सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । त्यसविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर युवतीका गोप्य तस्बिर आफन्त तथा साथीभाइलाई पठाएको आरोपमा अर्का एकजनालाई पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१७ घर भइ सुनसरीको धरान उपमहानगरपालिका-३ बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भनिने मोहम्मद कासीम छन् ।

कासीममाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ । उनलाई पनि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर ब्युरोले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    देशभर २० विपद्का घटना, आठ जना घाइते

  • Post Thumbnail

    तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

  • Post Thumbnail

    मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

  • मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    Post Thumbnail

    तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

    Post Thumbnail

    पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

    Post Thumbnail

    ‘राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution