
ख्वप (भक्तपुर), ७ कात्तिकः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताउनुभएको छ । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।
भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने सन्देश दिनुभयो ।
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |