Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार 

रासस १६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार (१ महिना अघि)
बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार 

म्याग्दी, २३ साउनः

म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलाइसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ । डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जादाँ हुने झन्झट, समय र खर्चको बचत भएको धवलागिरी गाउँपालिका–४ बाँसबोटका सन्तोषकुमार पुर्जाले बताउनुभयो ।

“डायलाइसिस गराउन कुश्मा अस्पताल जान आउन भनेको समयमा गाडी नपाउने, समय र पैसाको खर्च हुने समस्या थियो”, उहाँले भन्नुभयो, “गत हप्तादेखि बेनीमा डायलाइसिस गराउन थालेपछि कुश्मा जाँदा हुने समय र खर्चको बचत भएको तथा झन्झट हटेको छ ।”

विसं २०७७ साउन २५ गते पाँच वटा उपकरणबाट सुरु भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप तीन वटा डायलाइसिस उपकरण उपलब्ध गराएको थियो । चालु रहेका नौ वटा मेसिनको सहायताले दैनिक ४५ जनालाई डायलाइसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डा हेमन्त बाँस्तोलाले बताउनुभयो ।

“यसअघि ३७ जनाले डायलाइसिस सेवा लिइरहेको बेनी अस्पतालमा हाल ४० जना पुगेका छन्”, उहाँले भन्नुभयो, “प्रतीक्षा सूचीमा रहेका १० जना मृगौलाका बिरामीलाई बेनीमै डायलाइसिस सेवा उपलब्ध गराउन सम्पर्क गरेका छौँ ।”

एक जना अमेरिकामा रहेका म्याग्दीका मृगौला रोगीले बेनीमै डायलाइसिस गराउन सम्पर्कमा आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बताउनुभयो । सङ्घीय सरकारले उपलब्ध गराएको दुई वटा मध्ये एक वटा डायलाइसिस मेसिन बिग्रीएको छ ।

दुई वटा मेसिनलाई जगेडामा राखिएको छ । यसअघि प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुइतलाको साँघुरो कोठामा डायलाइसिस सेवा सञ्चालन भएको थियो । अस्पतालको यसअघि भण्डारण कक्ष रहेको भवनमा डायलाइसिस कक्ष स्थानान्तरण गरिएको हो ।

बेनीका योगनाथ शर्माले फराकिलो भवनमा डायलाइसिस गराउन सहज भएको बताउनुभयो । थप स्वास्थ्यकर्मीलाई डायलाइसिस सेवा सञ्चालनसम्बन्धी तालिम, निर्माणाधीन भवनलाई पूर्णता दिएर त्यहीँबाट सेवा सञ्चालन गर्न र मृगौला रोगीहरूले एक पटक बिमा गरेर जीवनभर सेवा पाउने व्यवस्था मिलाउन आवश्यक रहेको शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution