Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

रासस १७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (५२ मिनेट अघि)
प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

काठमाडौँ, १२ असोज :

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले बाढीपिडित, उद्धार र राहतसंँगै ट्राफिक पार्किङको व्यवस्थापन गर्नेलगायतका समसामयिक विषय उठान गर्नुभएको छ ।

सांसद अप्सना बानुले ट्राफिक पार्किङको समस्याले गर्दा जनजीवनमा परेको असरबारे ध्यानार्कषण गराउनुभयो । सांसद अमृता विकले बुटवलस्थित तिनाउखोलामा आएको बाढीले पुर्याएको क्षतिको जानकारी गराउँदै पीडितलाई राहत प्रदान गर्न अनुरोध गर्नुभयो ।

सांसद अनुस्का श्रेष्ठले भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट सक्दो सहयोग हुनुपर्ने बताउनुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाहरू बढी प्रभावित भएको अवस्थालाई दृष्टिगत गरी अब विद्युतगृह निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद अरबिन्द साहले बाढीपछि मुख्यराजमार्गहरू प्रभावित भएकाले महङ्गी बढ्नसक्ने आशंका व्यक्त गर्र्दै आसन्न चाडपर्वसँगै सबै देशवासीमा खुसी छाओस् भनी कामना गर्नुभयो । सांसद अर्जुनकुमार कार्कीले नेपाललाई चीनसँग जोड्ने पूर्वी नाका किमाथाङ्कामा भन्सार कार्यालय स्थापना गर्न सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद अशोककुमार चौधरीले महिलामैत्री यातायात सेवा ‘ब्लु बस’ सञ्चालन गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद आनन्दबहादुर चन्दले लागुऔषधि कारोबार तथा सेवनका कारण कैलाली जिल्ला प्रभावित भएकाले त्यसतर्फ सरकारको ध्यान जाओस् भन्नुभयो ।

सांसद आशा झाले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घमा गर्नुभएको सम्बोधन ऐतिहासिक र अर्थपूर्ण रहेको बताउनुभयो । सांसद आशिष गजुरेलले देशको भौतिक पूर्वाधार तथा संस्थागत संरचनामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद आशिका तामाङले बाढीपीडित नागरिकलाई आवश्यक राहत र क्षतिपूर्ति पुर्याउन सरकारसँग माग गर्नुभयो । सांसद उत्तमप्रसाद पौडेलले पोखरा महानगरपालिका–२१ स्थित फुर्सेखोला सडक निर्माणको काम नौ वर्षदेखि पूरा हुन नसकेकाले त्यसतर्फ सरकारको ध्यान जाओस् भन्नुभयो ।

सांसद एलिजा गुरुङले मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न, जिल्लाको आवतजावतमा सहज बनाउन र इन्टरनेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभयो । सांसद अङ्किता ठाकुरले मानव स्वास्थ्यलाई असर पुर्याउने शक्तिवर्द्धक पेयपदार्थको बेचबिखनमा रोक लगाउन अनुरोध गर्नुभयो । सांसद कन्हैया बनियाले बाढीपहिरोले नागरिकको जनजीवन प्रभावित भएको बताउँदै पीडितलाई प्राथमिकतासाथ राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद कमल सुवेदीले विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधन गर्न, जलवायुमैत्री सुरक्षित बस्ती बसाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद करिश्मा कठरियाले रासायनिक मलको अभावका कारण किसानले भोग्नुपरेको समस्या उजार गर्नुभयो । सांसद कवीन्द्र बुर्लाकोटीले हालैको बाढीबाट भएको जनधनको क्षतिलाई शुक्ष्मरुपमा मूल्याङ्कन गरी खोला आसपास तथा जोखिम स्थानको वस्ती व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कुलभक्त शाक्यले नेपाल भाषाका चार खम्बामध्येका एक महाकवि सिद्धिदास महाजुको जन्मजयन्तीको स्मरण गर्नुभयो । सांसद कृपा महर्जनले मानव बेचबिखन संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद कृपाराम रानाले दोधारा चाँदनी नगरपालिकामा खेतीयोग्य जमिन डुबानमा परेको जानकारी गराउँदै प्रभावित जनतालाई राहत दिन र त्यसको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद कृष्णहरि बुढाथोकीले रामेछाप जिल्लामा सडक निर्माणमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउनुभयो । सांसद कोमल ज्ञवालीले कैलाली क्षेत्र नं. १ मा नदी कटान र बाढी प्रभावीत स्थानीयको अवस्थाबारे जानकारी गराउँदै स्थायी तटबन्द निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद क्रान्तिशिखा धितालले प्रधानमन्त्रीले जलवायु न्यायबारे विश्वमञ्चमा राखेको माग र बाढीपीडितलाई व्यवस्थापन गर्न सरकारले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

सांसद खगेन्द्र कर्णले बाढीका कारण किसानको खेती डुबानमा परेको बताउँदै आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गर्नुभयो ।

सांसद खगेन्द्र सुनारले प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घमा गर्नुभएको सम्बोधनको प्रशंसा गर्नुभयो । सांसद खीमा विकले दाङको तुलसीपुर सडकखण्ड अलपत्र परेको बताउँदै पुनःनिर्माणको गति अत्यन्त सुस्त रहेको जानकारी दिनुभयो । सांसद खुस्बु ओलीले लोभ प्रलोभवन देखाएर धर्म परिवर्तन गराउने प्रवृत्तिबारे चिन्तन व्यक्त गर्नुभयो । सांसद खेमराज कोइरालाले कैलाली र कञ्चनपुरका किसानका तर्फबाट छाडा चौपाया नियन्त्रणमा पटक पटक सरकार समक्ष माग राख्दै आएको बताउनुभयो । सांसद गजाला शमीम मिकरानीले मधेसमा कन्या स्कुल स्थापना गर्न माग राख्नुभयो । सांसद गणेश कार्कीले विपद्को प्रकोपबाट जोगिन सरकारले विकासको अवधारणामा पुनःविचार गर्न जरुरी रहेको बताउनुभयो ।

सांसद गणेश धिमालले बारा क्षेत्र नं. १ मा चार दर्जन भन्दा बढी नागरिक दोहोरो पुर्जाका कारण पीडित भएको बताउँदै दोहोरो पुर्जा बनाउने दोषीमाथि कानुनी कारबाही गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद गणेश पराजुलीले बाढीपीडितको उद्धारमा सरकारको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सांसद गणेश पौडेलले नदीको धार परिवर्तन हुने प्रवृत्ति बढ्दै गएकाले दीर्घकालीन र वैज्ञानिक नदी व्यवस्थपान आवश्यक रहेको बताउनुभयो । सांसद गणेशबहादुर विश्वकर्माले दलित समुदायमाथि भएको विभेदका घटना सुनाउँदै दलितमाथि हुने घटनामा समयमै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले सङ्घीय निजामती विधेयक अध्यादेशबाट नभई सदनमा पेस गर्नुपर्ने सरकार समक्ष माग गर्नुभयो । सांसद गोपाल शर्माले बाढीका कारण रुकुमपश्चिमको जनजीवनमा पारेको प्रभावबारे जानकारी गराउनुभयो । सांसद गोविन्द पन्थीले लगातार वर्षाका कारण गुल्मीमा ठूलो जनधनमा क्षति पुगेको बताउनुभयो । सांसद गङ्गा छन्त्यालले भोटेकोशीको बाढीले बाग्लुङ जिल्लाका नागरिकसमेत बेपत्ता भएको बताउनुभयो । सांसद चन्दनकुमार सिंहले पर्सा जिल्लामा बाढीको जोखिमबाट जोगाउन नदी तटबन्द गर्न आग्रह गर्नुभयो ।

सांसद चन्द्रेश्वर मण्डलले किसानको धानबालीको न्युनतम मुल्य निर्धारण गर्न अनुरोध गर्नुभयो । सांसद गुरुप्रसाद बरालले सरकारले अदालतलाई मनोवैज्ञानिक तरिकाले दबाब दिने कार्य गर्दै आएको बताउँदै यस्तो प्रवृत्ति बन्द गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

  • मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution