Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ दिन अघि)
बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौँ, १२ असोजः

सांसदहरूले लगातार वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोको क्षति तथा प्रभावितलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सभा सदस्यहरुले देशभर चार दिनसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरोले जनधन तथा भौतिक संरचनामा पुर्याएको क्षतिप्रति सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा बाढीपहिरोका कारण सडक अवरुद्ध भएको, मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो । उहाँले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति दुःख व्यक्त गर्नुभयो ।

सडक, पुल तथा भवनमा पुगेको क्षतिबारे सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गर्नुभयो । नेकपा (एमाले)का सांसद सम्झना देवकोटाले चार दिनको अविरल वर्षाका कारण गण्डकी प्रदेशका मनाङमा आएको बाढीपहिरो र मुख्य राजमार्गमा पुगेको क्षति तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

उहाँले स्थानीय बजार तथा बस्तीमा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै नजिकिँदै गरेको चाडपर्वका बेला सडक अवरुद्ध हुँदा आवतजावत र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या तथा महँगी बढ्न नदिन आवश्यक सहयोग समयमै जुटाउन सरकारसँग माग गर्नुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन माग गर्नुभयो । उहाँले विपद्का कारण महामारीको जोखिम बढ्न सक्ने भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । रसुवाका बाढी प्रभावितलाई समयमै राहत उपलब्ध गराउन तथा पुनःस्थापनाको काम अघि बढाउन माग गर्दै बजारमा हुन सक्ने महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution