
काठमाडौँ, २३ साउनः
उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
उच्च अदालतहरुमध्ये सबैभन्दा धेरै सदस्य भएको सो बारको यही साउन ३० गते तय भएको निर्वाचनमा बृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ ।
बृहत् प्रगतिशिल तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमाक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोखरेलले नेतृत्व गर्दै हुनुहुन्छ ।
सो बारमा नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि निर्वाचन हुने तय भएको हो । यही साउन ३० गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको छ ।
उक्त बारको निर्वाचनका प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाले शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्ने तयारी भइरहहेको जानकारी दिनुभयो । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने लागेको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |