Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

रासस ४४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार (४ महिना अघि)
सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

कञ्चनपुर, ८ जेठ :

आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ ।

कार्यक्रम विशेषगरी अपाङ्गता भएका, दलित, जनजाति, मुक्त कमलहरी तथा नेपाल सरकारद्वारा अतिसीमान्तकृत र लोपोन्मुख घोषणा गरिएका समुदायका विद्यार्थीलाई लक्षित गरिएको छ । त्यसैगरी, राजी, माझी, सातार, सन्थाल, थामी, बादी, मुक्तकमैया, हलिया, चरुवा र राउटे समुदायका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमको नाम तत्कालीन पञ्चायती व्यवस्थामा राना थारू समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति लवरु राना थारूको नाममा राखिएको छ । तत्कालीन सयममा लवरु राना थारूलाई यस क्षेत्रको समाजको अगुवा तथा समाज सुधारकका रूपमा चिन्ने गरिन्थ्यो । यस छात्रवृत्तिको कार्यक्रमलाई स्थानीय पहिचान तथा आदिवासी समुदायप्रतिको सम्मानसँग जोडेर हेरिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार छात्रवृत्ति पाउनका लागि विद्यार्थी पालिका क्षेत्रभित्रका क्याम्पसमा नियमित अध्ययनरत हुनुपर्ने, अन्य छात्रवृत्ति लिइरहेको भए त्यो खुलाउनुपर्ने तथा सम्बन्धित क्याम्पसको सिफारिसपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीबाट आवेदन सङ्कलन भएपछि विनियोजित बजेटबाट दामासाहीका रूपमा छात्रवृत्तिको रकम प्रदान गरिने बताइएको छ ।

स्थानीय तहले ल्याएको यो कार्यक्रमलाई शिक्षा क्षेत्रमा सकारात्मक पहलका रूपमा हेरिएको छ । यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका विद्यार्थीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

“छात्रवृत्तिका लागि छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष र पहुँचभन्दा आवश्यकतामा आधारित हुन्छ”, नगरप्रमुख हेमराज ओझाले भन्नुभयो, “वास्तविक रूपमा आर्थिक अभावका कारण पढाइ प्रभावित भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्ति वितरण गरिनेछ ।” उहाँले छात्रवृत्ति कार्यक्रममार्फत सीमान्तकृत समुदायका विद्यार्थीलाई शिक्षामार्फत सशक्त बनाउने तथा उच्च शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

  • Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

  • Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

  • Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    Post Thumbnail

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Post Thumbnail

    कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution