Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ–६ को वडाध्यक्षमा गोलाप्रथाबाट काँग्रेसका भुपेन्द्र श्रेष्ठ विजयी

प्रत्यूष ११६२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (४ साल अघि)
नीलकण्ठ–६ को वडाध्यक्षमा गोलाप्रथाबाट काँग्रेसका भुपेन्द्र श्रेष्ठ विजयी

धादिङ,०५ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । गत शुक्रबार भएको स्थानिय तहको निर्वाचानमा बराबर मत आएपछि आज बिहिबार गोलाप्रथा हुँदा नेपाली काँग्रेसका भुपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचनमा उनको र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको बराबर ७ सय ३८–७ सय ३८ मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा श्रेष्ठ विजयी भएका हुन् ।

वडा अध्यक्षमा बराबर मत आएपनि ४ वटा वडा सदस्यहरुमा भने नेपाली काँग्रेसकै उम्मेदवारहरु विजयी भईसकेका थिए । नामको बर्णानुक्रम अनुसार पहिले भुपेन्द्रले गोला थुत्दा विजयी भएको बताइएको छ । यो वडामा यसअघि नेकपा एमालेले जितेको थियो । यस पटक एमाले तेस्रो स्थानमा पुगेको छ ।

गत बैशाख २८ गते राती नेपाली काँग्रेसका उम्मेद्वारहरुलाइ आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा माओवादी केन्द्रका उम्मेद्वार रम्तेल प्रहरी हिसासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका काँग्रेसका उम्मेद्वार श्रेष्ठ काठमाण्डौमा उपचाररत छन् ।

गोला झिक्नको लागि रम्तेललाइ प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने भुपेन्द्रको तर्फबाट काँग्रेस धादिङका पार्टी सभापति रोहवर बसेका थिए ।

आक्रमणमा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ताहरु प्रहरी हिसासतमा पुगेपछि उनीहरुले मतदान गर्न पाएका थिएनन् । ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाइ अभिसाप बन्न पुगेको थियो ।

घाइैते काँग्रेसका श्रेष्ठ भने घाइते अवस्थामा नै एम्वुलेन्स चढेर मत हाल्न आएका थिए भने माओवादीका रम्तेललाई मत हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution