Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३१, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

प्रत्यूष ७१६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (३ साल अघि)
उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

काठमाडौं, ५ जेठ।

नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुई वटा त महानगर छन् ।

तर, मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा मात्र माओवादी प्रतिस्पर्धी दल बन्यो ।

जहाँ पहिले माओवादीले अध्यक्ष र उपाध्यक्षसँगै वडा नम्बर १, २ र ५ जितेको थियो । कांग्रेसले वडा नम्बर ३ र ४ जित्दा एमाले वडा र गाउँपालिकाको नेतृत्वबाट ‘क्लिन स्विप’ भएको थियो ।

यस पटक भने अध्यक्षमा एमालेका कृष्णमान लामा निर्वाचित भए । २०७४ सालमा उनी माओवादीका गोपीलाल सिङ्तानबाट पराजित भएका थिए ।

बाँकी १९ मध्ये केही स्थानीय तहको परिणाम आएको छ । महाङ्‍काल र बाग्मती गाउँपालिकामा भने दुई उपाध्यक्ष माओवादीले पाएको छ । अध्यक्ष भने कांग्रेसले जितेको छ।

ललितपुर महानगरपालिकाको उपप्रमुखमा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य पराजित हुने सम्भावना बढ्दै गएको छ । माओवादी नेताहरूले त्यहाँ कांग्रेसबाट धोका पाएको भन्दै गुनासो गर्दै आएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिकामा माओवादीबाट प्रमुख हुने छैन ।  काठमाडौंको १० र भक्तपुरको चार स्थानीय तहबाट पनि माओवादी प्रमुख पदमा आउने सम्भावना देखिएको छैन ।

जबकि, यस पटक माओवादीले अघिल्लो पटक भन्दा बढी स्थानीय तहमा जित्‍ने सम्भावना छ ।  माओवादीले १०६ स्थानीय तहमा अघिल्लो पटक निर्वाचन जितेको थियो।

यस पटक भने कम्तीमा ११५ स्थानीय तह जित्‍ने देखिएको छ । तर, काठमाडौं उपत्यकाको २० वटामध्ये एउटा पनि स्थानीय तहको नेतृत्व माओवादीले गुमाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

  • सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

  • दसैँसम्म मितेरी पुल निर्माण हुने

    दसैँसम्म मितेरी पुल निर्माण हुने

  • ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३० गते सोमबार

    २०८२ भाद्र ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    दसैँसम्म मितेरी पुल निर्माण हुने

    दसैँसम्म मितेरी पुल निर्माण हुने

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution