Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

प्रत्यूष १५४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ११, शुक्रबार (१ महिना अघि)
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

धादिङबेशी । धादिङको राजनीतिमा एक निडर, हक्की र जनताको सुख–दुःखमा सधैं साथ रहने नेताका रूपमा चिनिएका क. राम बहादुर भण्डारी यस पटक चुनावी मैदानमा उत्रिने तयारीमा देखिएका छन् । शनिबार धादिङबेशीमा आयोजित नेकपा क्षेत्र नं. २ को बैठकले उनलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका लागि पहिलो प्राथमिकतामा राख्दै सिफारिस गरेको छ ।

भण्डारीको पहिचान केवल एउटा पार्टी नेतामा मात्र सीमित छैन । उनलाई धादिङका स्थानीयहरू प्रशासन र सरकारी अड्डामा जनताको काम मिलाइदिने सारथिका रूपमा चिन्छन् । जनताको समस्या बोकेर सरकारी कार्यालय धाउनु र अन्याय विरुद्ध आवाज उठाउनु उनको दैनिकी जस्तै बनेको छ ।

उहाँ खरो र हक्की स्वभावको हुनुहुन्छ । आफ्नै पार्टीभित्रका केही व्यक्तिहरू उहाँको स्पष्टवक्ता स्वभावका कारण सशंकित भए पनि विपक्षीहरू भने उहाँको तर्क र आँट देखि सधैं डराउने गर्छन् ।
दश वर्षे जनयुद्धका क्रममा आफ्नो परिवार समेत गुमाएका भण्डारीलाई ज्युँदा सहिद भनिन्छ । त्याग र बलिदानको लामो इतिहास बोकेका कारण यस पटक पार्टीले उनलाई न्याय गर्ने विश्वास कार्यकर्तामा छ । बैठकमा सहभागी एक नेताका अनुसार, आजको जेन्जी आन्दोलन र बदलिँदो राजनीतिक परिवेशमा भण्डारी जस्तो नयाँ र जुझारु अनुहारले मात्रै जनताको भावना सम्बोधन गर्न सक्छ ।

धादिङ २ बाट भण्डारीसहित अन्य ७ जनाको नाम पनि जिल्ला कमिटीमा पठाइएको छ । अब यो सिफारिस जिल्ला हुँदै प्रदेश र केन्द्रबाट अनुमोदन हुन बाँकी छ । यदि केन्द्रले उनको नाममा अन्तिम मोहोर लगाएमा उनि प्रत्यक्षतर्फका उम्मेदवार बन्नेछन् ।
पार्टी र जनताले म माथि विश्वास गरेर सर्वसम्मत रूपमा अगाडि सारेमा यस क्षेत्रमा पार्टीको जित सुनिश्चित छ । म व्यक्तिगत स्वार्थका लागि होइन, जनताको हक र विकासका लागि लड्न तयार छु ।

शनिबारको यो सिफारिसले धादिङको राजनीतिमा युवा र पुराना पुस्ताबीचको सन्तुलन मिलाउने संकेत गरेको छ। केन्द्रले भण्डारीको नामलाई कत्तिको प्राथमिकता दिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution