
जनकपुर, ६ मङ्सिर : मैथिली भाषा, साहित्य तथा मिथिलाको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।
जनकपुरधामस्थित विद्यापति चोकमा रहेको दुर्गा मन्दिर परिसरमा आइतबार आयोजित विद्यापति स्मृति पर्व २०८३ का अवसरमा वक्ताहरूले भाषा, साहित्य र संस्कृतिको संरक्षणले सामाजिक एकता, सद्भाव र पुस्तान्तरणलाई बलियो बनाउने बताएका हुन् ।
विद्यापति स्मृति पर्व समारोह समितिद्वारा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षणले सामाजिक एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले मौलिक पहिचानप्रति गर्व गर्दै त्यसलाई व्यवहारमा जीवन्त राख्न सांस्कृतिक गतिविधिको विकास र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता गतिविधिले सांस्कृतिक जागरण र पुस्तान्तरणलाई समेत प्रोत्साहन गर्ने उहाँको भनाइ थियो ।
समितिका अध्यक्ष कौशलकिशोर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो । कार्यक्रमले महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा, साहित्य तथा मिथिलाको मौलिक कला र संस्कृतिको संरक्षणका लागि प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |