Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

प्रत्यूष १८६ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३, मंगलबार (६ महिना अघि)
धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

धादिङबेशी ३,असार । पहिलादेखि संचालनमा रहेका क्रसर अनि वालुवा प्रशोधन उद्योगहरुले राज्यको कर तिर्ने सहित वातावरण सुरक्षामा विशेष व्यवस्था अपनाएको खण्डमा निर्बाध संचालन गर्न पाउने भएका छन् । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी र प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा मंगलबार धादिङबेसीमा आयोजना गरिएको अन्तरक्रियामा नयाँ मापदण्ड मुख्यतः नयाँ स्थापना हुन चाहने उद्योगमा मात्र लागू गरिने जनाइएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले राज्यको राजस्व तिर्ने, लेदोको व्यवस्था गर्ने, ढुवानी गर्दा सडकमा धुलो नझार्न, पानी नपोख्न, प्रेसर हर्न नबजाउन, ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गति नचालाउने शर्तमा दर्ता गरिएको स्थानमै क्रसर अनि वालुवा उद्योग संचालन गर्न सकिने जानकारी गराउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पहिलेदेखि संचालित उद्योगहरुले कर तिर्ने व्यवस्था गर्नुपर्ने सहित वातावरणको सुरक्षा मुख्य कुरा रहने जनाउनुभयो । “प्रकृति जोगियो भने संस्कृति जोगिन्छ, मानव जोगिन्छ । वातावरण सुरक्षामा कुनै सम्झौता हुन सक्दैन । व्यवसायको समस्या हल गर्न सरकार साथमा छ ।”— घिमिरेको भनाइ थियो ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष सविता अर्याल, प्रहरी प्रमुख एसपी दिपेन्द्र शाही, उद्योग वाणिज्य संघ अध्यक्ष रामकुमार डल्लाकोटी, वालुवा व्यवसायी तर्फ दीपक विक्रम बस्नेत, क्रसर व्यवसायी तर्फ क्रसर संघ अध्यक्ष शिव रेग्मी, जिल्ला समन्वय अधिकृत रामाश्रय यादव लगायतको सहभागिता थियो । वातावरणविद् गुलाब कुमार चौधरीले वातावरण सुरक्षा, कानुनी व्यवस्था अनि मुख्य प्रश्नहरूको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

धादिङमा ७५ क्रसर अनि ९१ वालुवा प्रशोधन उद्योग दर्ता भए पनि अहिले ३० वटाले मात्र संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution