Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतदाता भेटघाटमा व्यस्त एमालेका उम्मेदवारहरु

१३८१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (४ साल अघि)
मतदाता भेटघाटमा व्यस्त एमालेका उम्मेदवारहरु

धादिङ,२२ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेका सुर्य ध्वजाबाहक उम्मेदवारहरु मतदाताको दैलो दैलोमा पुगेका छन् । बैशाख ३० गते घर घर,व्यक्ति व्यक्तिले आफुले रोजेको नेतालाई जीताउ नपाउने सुनौलो दिन हो । सात सुर्य सातै छाप नारा लिएर धादिङको १३ वटै पालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारहरु गठबन्धनको विरुद्ध जनमत बटुल्न व्यस्त छन् ।

गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिकाको अध्यक्षका उम्मेदवार भक्तबहादुर लामिछाने, उपाध्यक्षका उम्मेदवार एन्जिला तामाङ र वडा अध्यक्षका उम्मेदवारहरुले आज गंगाजमुना गाउँपालिका वडा नम्बर २ रि तावलमा आमसभालाई सम्बोधन गर्नुभएको छ । करिब पाँच सय जना जति उपस्थित भएको कार्यक्रमा अध्यक्षका उम्मेदवार भक्तबहादुर लामिछाने, उपाध्यक्षका उम्मेदवार एन्जिला तामाङले नेकपा एमालेको सरकार आएमा जनताले शान्ति, विकास र सम्ृद्धिको अनुभव गर्न पाउने भएकोले जसरी भएपनि सुर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउन आवश्यक भएको बताउनु भएको छ ।

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार गंगादेवी श्रेष्ठ र उपमेयरका उम्मेदवार फन्द्रा तामाङले नीलकण्ठ नगरपालिका वडा नम्बर २ को भुल्भुले, तिनघरे, बलिडाडाँ, सिम्ले र चिसापानीमा कोणसभालाई सम्बोधन गर्नुभएको छ । कोणसभामा नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन नेकपा एमालेको प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको थियो भने मतदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेकपा एमाले बागमति प्रदेश सदस्य तथा बागमती प्रदेश सभा साँसद डा. रामकुमार अधिकारी र नेकपा एमाले जिल्ला कमिटि धादिङका सचिव अर्जुन श्रेष्ठले पनि कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।निलकण्ठ नगरपालिका वडा नम्बर ४ को टोलटोलमा वडा अध्यक्षका उम्मेदवार हरी श्रेष्ठ सहित टोली मतदाता भेटघाटमा पुगेको खानीगाउँबाट सानुबाबु श्रेष्ठले बताउनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सुर्वण रिमाल र उपाध्यक्षका उम्मेदवार बिनाकुमारी मम्पाले नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङमा भएको कोण सभालाई सम्बोधन गर्नुभएको छ । सयौंको सख्यामा उपस्थित मतदाता माझ सुर्य ध्वजाबाहक उम्मेदवारहरुले यो देशको विकास, नेत्रावती डबजोङ गाउँपालिकाको विकास र समृद्धिका लागि नेकपा एमालेको सरकार अपरिहार्य रहेको बताउनु भएको थियो ।

धुनिवेशी नगरपालिका
धुनिवेशी नगरपालिकाको मेयरका उम्मेदवार रामराजा पाण्डे र उपमेयरका उम्मेदवार मन्दिरा श्रेष्ठले धुनिवेशी नगरपालिका वडा नम्बर ९ को विभिन्न ठाउँमा घरदैलो तथामतदाता भेटघाट गर्नुभएको छ ।

गल्छी गाउँपालिका
गल्छि गाउँपालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारहरुले आ आफ्नो वडा वडामा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमल्सीनाको नेतृत्वमा ग्लछी गाउँपालिका वडा नम्बर ५ को पाल्चोक क्षेत्रमा मतदाता भेटघाट गरिएको छ । गाउँको योजनाहरुमा काम गर्न गाउँबासीले गरेको माग पुरा गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।

धुनीबेसी नगरपालिका
धुनिबेसी नगरपालिका वडा नम्बर ९ मामतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एमालेका ठूलो संख्यामा मतदाताहरु समेत मतदाता भेटघाटमा सहभागि भएका थिए । ठूलो जुलुस सहित नगरपालिका प्रमुख पदका उम्मेदवार रामराजा पाण्डे, उपप्रमुख उम्मेदवार मन्दिरा श्रेष्ठको सहभागिताथियो । धार्के बजारबाट नौबिसेसम्म पनि ठूलो जुलुस संचालन गरिएको थियो । धुनीबेसी नगरपालिका वडा नम्बर ६ मा संचालन गरिएको घरदैलोमा जनताको सहभागितामा विकास गर्न मतदाताहरुले माग गरेका छन् ।

थाक्रे गाउँपालिका
थाक्रे गाउँपालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारहरुलाई जिताउन मतदाता भेटघाट भएको छ । सबै वडामा वडा अध्यक्षको नेतृत्वमा मतदाताहरु भेटेर एमालेलाई विकास र समृद्धिका लागि जिताउन आग्रह गरेको थाक्रेबाट बैरागी कुमारले बताउनुभयो । मतदाताहरुले योजना सहितगर्न र विषयगत रुपमा मतदातालाई स्पष्ट पार्न आग्रह समेत गरेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution