
काठमाडौँ, ९ मङ्सिरः प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश गौतम छन् ।
उनीहरुको साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल एक हजार पाँच थान ट्याबलेट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |