
धादिङ,२१ बैशाख ।
स्वतन्त्र उम्मेद्वारहरूलाई कुनै पनि किसिमको डर, धम्की वा दबाब प्रभावमा नपार्न निर्वाचन आयोगले फेरी आग्रह गरेको छ ।
५ दलिय सत्ता गठबन्धन तथा ठूला राजनितिक दलका विरुद्ध स्वतन्त्र रूपमा उम्मेद्वारी दिएर चुनाव प्रचार प्रसारमा रहेका उम्मेद्वारहरूलाई विभिन्न प्रभावमा पारेर उम्मेद्वारी निष्क्रिय पार्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न आयोगले बारम्बार सचेत गराउँदै आएको छ ।
निर्वाचनमा मत हाल्नु मात्रै होइन, उम्मेद्वार बन्न पाउनु पनि नागरिक अधिकार रहेकाले कसैले पनि नागरिक अधिकार हनन् गर्न नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।
काठमाडौंमा भएको एउटा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेद्वार कोही ठूलो र सानो नहुने भएकाले फरक व्यवहार नगर्न आग्रह गर्नुभयो । निर्वाचन आयोले यसअघि पनि पटक पटक स्वतन्त्र उम्मेद्वारहरूलाई कुनै पनि किसिमको दबाब नदिन आग्रह गरिसकेको छ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |