Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन

रासस २२०२ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २६, शुक्रबार (३ साल अघि)
आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन

काठमाडौँ, २६ असोज ।

आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ। ‘परदेशी २’, ‘बासेन्जी’ र ‘कौसीद’ का लक्षित दर्शक समेत फरक रहेको निर्माण पक्षको भनाइ छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक नारायण रायमाझीले निर्देशन गर्नुभएको तेस्रो चलचित्र हो– ‘परदेशी–२’ हो । अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने उहाँले जानकारी दिनुभयो ।

निर्देशक रायमाझीले भन्नुभयो, “हामीले आफ्नै परिवेश र संस्कृतिलाई पर्दामा ल्याउनुपर्छ । आफ्ना कथा विश्वलाई देखाउनुपर्छ । मेरा चलचित्रले हाम्रै परिवेशको कथा व्यक्त गरिरहेका हुन्छन् ।” राजेश वंशलले निर्माण गर्नुभएको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘कौसीद’ मा इमान्दार शिक्षकले भोगेका पीडा देखाइएको निर्देशक कुमार भाष्करले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मैले एउटा इमान्दार शिक्षकले के–कस्ता समस्याबाट आफूलाई अगाडि बढाउन बाध्य हुन्छ भन्ने देखाएको छु । मैले चलचित्रमा उठाएको विषय केही अगाडि सडकमा समेत देखियो ।”

चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गर्नुभएको हो । एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अङ्कित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

  • दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

  • Post Thumbnail

    वर्षाले सात घर–गोठमा क्षति

  • वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

    वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    Post Thumbnail

    न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution