
काठमाडौं, २० वैशाख।
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् ।
महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताए ।
काठमाडौंमा मंगलबार आयोजित ‘चर्चा र विवाद’का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले ‘जागिर खाइदिने’ भनेर चेतावनी दिएको सुनिएको बताए ।
यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उनको भनाइ छ । रश्मिलासँग उनले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गरे ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |