Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्दै साहित्यिक पत्रकार संघको स्वर्ण स्वर्ण महोत्सव समापनमा

४६९ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्दै साहित्यिक पत्रकार संघको स्वर्ण स्वर्ण महोत्सव समापनमा

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव कार्यक्रम १३ विशिष्ठ साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेर समापन गरियो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको थियो ।

सम्पन्न सङ्घको समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डी. आर. उपाध्याय अभिनन्दित हुनुभएको छ ।

सर्जक गणेश रसिकलाई नेपाल-भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

यसैगरी, “सापस स्वर्ण महोत्सव सम्मान”बाट सङ्घका पूर्व अध्यक्षहरु नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित हुनु भएको छ ।

पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई नगद दस हजारसहित “साहित्यिक पत्रकारिता पुरस्कार” २०६३ पनि प्रदान गरिएको थियो ।

यसैगरी “सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान”बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई प्रदान गरिएको थियो ।

“सापस स्वर्ण महोत्सव समीक्षा सम्मान”बाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित हुनुभएको छ ।

यसैगरी, “व्यथित काव्य सम्मान” बाट कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित हुनु भएको छ ।

यसैगरी, “व्यथित काव्य डायसपोरा सम्मान” हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित हुनु भएको छ ।

संघले आफ्नो स्वर्ण महोत्सवमा अवसरमा विभिन्न साहित्यिक पत्रकारहरुलाई प्रशंसा-पत्र प्रदान गरेको छ । सम्मानबाट किशोर पहाडी, कृष्ण भूषाल, सुमन बैरागी पण्डित, श्रीराम राई, श्री प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका, ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित हुनु भएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष राधेश्याम लेकालीले संघको पचास बर्षको योगदानका बारे बोल्दै साहित्यिक पत्रकारिताको उन्न्यन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि विभिन्न दूतावासहरुमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपने बताउनु भयो ।

आजको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार सङ्घले महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो ।

अभिनन्दित व्यक्तित्व प्राडा सुरेन्द्र केसीले बहुदलीय व्यवस्था भनेको हाम्रोलाई नभै राम्रोलाई ठाउँ दिने व्यवस्था भए पनि हामीकहाँ भने ठीक उल्टो प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्तिको विरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

सङ्घका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले अत्यन्त कठिन समयमा स्थापना भएको सङ्घको इतिहास सबैलाई थाहा भएको बताउँदै अब सङ्घ महासङ्घको संरचनामा जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सम्मानित स्रष्टा प्रमोद प्रधानले पत्रकार सङ्घले कवितायात्रा, आत्मवाचन कार्यक्रम, अभिनन्दन र सम्मान लगायतका थुप्रै सिर्जनात्मक कार्यहरू गरेको बताउँदै अब विभिन्न विधाका विभिन्न विषयमा बहस र विमर्श कार्यक्रम गर्नुपर्ने चर्चा गर्नुभयो ।

व्यथित काव्य पुरस्कारबाट पुरस्कृत कवि रमेश श्रेष्ठले पुरस्कारबाट आफूले लेखनका लागि थप ऊर्जा पाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अभिनन्दित वरिष्ठ सर्जक प्रदीप बमजनले गीत गाउनु भएको थियो ।

सर्जक श्रीबाबु कार्कीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष नगेन्द्ररज शर्मा, रमा शर्मालगायतले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा तीन दर्जन साहित्यकारहरुलाई संघको स्वर्ण महोत्सव मायाको चिनो प्रदान गरिएको थियो । साथै स्वर्ण महोत्सवको केक पनि काटिएको थियो ।

साहित्य पोष्ट बाट साभार

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    यसवर्ष पनि पब्लिक स्पिच नेपाल हुने

  • बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

    बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

  • राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

    राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

  • शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

    शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution