Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

प्रत्यूष १४१९ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (३ साल अघि)
डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज  आयोजित ‘डेङ्गु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’ मा सचिव पोखरेलले डेङ्गु नियन्त्रणका लागि ‘डेङ्गु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताउनुभयो ।

तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेङ्गु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले डेङ्गु सङ्क्रमितको उपचार निःशुल्क भइरहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमन सिंहले डेङ्गु नियन्त्रणमा स्वास्थ्यसम्बन्धी साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो । “डेङ्गु नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरी व्यक्ति, परिवार र समुदायको भूमिकालाई सशक्त बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले नेपालमा डेङ्गीको अवस्था, लामखुट्टे बस्ने र विकास हुने स्थान, डेङ्गी रोग रोकथाम, व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय निर्देशिका, हालसम्म भएका प्रमुख उपलब्धी, उपचार तथा व्यवस्थापन लगायतका विषयमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘डेङ्गी नियन्त्रणः खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले डेङ्गु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष सरोज पोखरेलले स्वास्थ्य क्षेत्रको हकमा सङ्घीयता प्रभावकारी नभएको बताउँदै डेङ्गु नियन्त्रणमा व्यक्ति स्वयमले सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो । विसं २०६१ मा पहिलो पटक डेङ्गुका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमशः यस्ता सङ्क्रमित बढ्दै गएको उहाँको भनाइ छ ।

नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए । जसमध्ये कर्णाली प्रदेशमा छ सय ८२, मधेस प्रदेशमा एक हजार १८, सुदुरपश्चिम प्रदेशमा एक हजार तीन सय ५३, गण्डकी प्रदेशमा एक हजार नौ सय ५७, कोशी प्रदेशमा दुई हजार तीन सय नौ, लुम्बिनी प्रदेशमा पाँच हजार ३७ र बाग्मती प्रदेशमा ४२ हजार चार सय २८ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution