Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा बालविवाहको संख्या घटे पनि प्रवृति यथावत

प्रत्यूष २४७४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (३ साल अघि)
धादिङमा बालविवाहको संख्या घटे पनि प्रवृति यथावत

सिता सापकोटा ( शितल)
धादिङ,०५ असार ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी सरिता बसेल काखीमा सानी नानी च्यापेर धादिङ अस्पतालको टिकट काउन्टर लाइनमा भेटिइन् । दुइ वर्षीय छोरी जचाउन आएकी सरिताको विवाहपछिको समय प्रायः अस्पतालमै वित्ने गरेको बताउँछिन् । उनी भन्छिन्,– ‘१८ वर्षमा विवाह गरेर त्यहि वर्ष छोरी जन्माएँ । प्रसव पिडामा त्यति बेला मरेर बाँचेको मान्छे हुँ म । अहिलेपनि अस्पताल धाइरहनुपर्छ । सानै उमेरमा रोगी बनँे, अहिले आफु र छोरी बचाउन हम्य बनेको छ ।’

‘सात कक्षा पढ्दा पढ्दै सानै उमेरमा भागेर विवाह गरेँ । उमेर नपुगि छोरी जन्माउदा कसो मेरो ज्यानै गएन । २० वर्ष पारी विवाहवारी भन्ने सुनेको थिएँ, किन भन्ने कुरा आफैले भोगेपछि थाहा पाएँ ।’ उनले भनिन्,– ‘डाक्टरले आमा बचाउने कि छोरी भनेर सोध्दा होसै गुमाएँ । सानो उमेरमा विवाह गर्नु र गर्भवती हुनुको नतिजा रहेछ । भाग्यवश मेरो परिवारले म र मेरो छोरी दुवैलाई गुमान परेन ।’

सात कक्षापछि पढ्न नपाएपनि जीवन संघर्षले धेरै र ठूलो पाठ सिकाएको बताउँछिन् । पढ्न नपाएकोमा पछुतो त छदैछ । उनी भन्छिन्,– ‘सानैमा विवाह गरेर मैले मेरो जीवनमा अन्जानमा ठूलो भूल गरेँ । तपाइहरुले भुलेर पनि मैले जस्तै यो गल्ति नगर्नुहोला । हुन त हुर्कदै गरेको छोरी र श्रीमानको मायाले खुशी मिलेको छ । दुःखमा पनि रमाउने कोसिसमा छु । तर शारिरीक र मानसिक परिपक्कता नहुदा भोग्नु परेको समस्याको चाङ नै छ ।’

सानै उमेरमा विवाह गर्नेहरुको समस्या सरिताको भन्दा फरक छैन । नीलकण्ठ नगरपालिका–२ बसाहकी सुशिला रम्तेल पनि अहिले गर्भवती छिन् । प्रेम सम्बन्धमा परेपछि १६ वर्षमै विवाह गरेकी उनी सानै उमेरमा गर्भवती बन्न पुगिन् । उनी भन्छिन्,– ‘सानै उमेरमा विवाह गर्न हुन्न भन्ने थाहा नभएको होइन । तर मेरो बाध्यता पनि हो । पढ्ने पैसा जुटाउन पनि समस्या थियो । उनले पनि विवाह प्रस्ताव गर्नुभयो । कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरेँ । मेरो विवाह रहर मात्र नभएर बाध्यता पनि हो । गरिव हुनुको विडम्बना मैलै सानै उमेरमा विवाह गरेँ ।’

घरपरिवारलाई खबरै नगरी भागेर विवाह गर्दा खोजी गर्न परिवारलाई पनि सास्ति भयो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ भन्ने अझै थाहा छैन । पहिलो पटक आमा बन्ने कुराले खुशी छाएको छ । तर अरुको भोगाइले मनमा डर पैदा भएको उनी बताउँछिन् । उमेर नपुगिकन आमा बन्ने कुरा भने उनलाई धेरै चुनौति छ । उनको यस्तो अवस्थामा श्रीमानको साथ पाएता पनि घरपरिवारको भने खासै साथ पाएकी छैनन् । उनी भन्छिन्,– ‘उनको श्रीमानले दिन भरी ज्याला मजदुरी गरेपछि मात्रै चुलोमा आगो बल्छ ।

आर्थिक अवस्था कमजोर भएका कारण गर्भवती हुने समय र भविष्यको उस्तै चिन्ता छ । अहिले नै रोजीरोटीमा पैठेजोरी गरिरहेका हामीलाई छोराछोरी भएपछिको झन चिन्ता छ । परिवार योजना विना नै आमा बन्न लागेकोमा झनै त्रास बढेको छ ।’

समाजमा उमेर नपुग्दै अभिभावकको मन्जुरीबिना भागेर विवाह गर्ने क्रम पछिल्लो समय बढेको छ । पहिलेपहिले अभिभावकले नै उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन थियो । अहिले यो क्रम घटे पनि किशोर उमेरमा आफू खुसी विवाह गर्ने क्रम रोक्न चुनौती रहेको छ । प्रेम सम्बन्धलाई विवाहमा बदल्नेहरुको संख्या घटेको छैन ।

सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ स्वास्थ्य प्रशासक डा।नरेन्द्र झा बताउछन् । उनको भनाई अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ । बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन् ।

२०६८ को जनगणना अनुसार, देशभर १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको संख्या एक लाख ३८ हजार १५ थियो । जसमा बालिकाको संख्या मात्रै एक लाख १५ हजार १५० अर्थात् ८३ प्रतिशत थियो । त्यस्तै, १९ वर्षमुनि विवाह हुने ६५ लाख १७ हजार २८१ मध्ये किशोरीको संख्या ६६ प्रतिशत थियो।

अहिले पनि यो अवस्थामा खासै परिवर्तन आएको छैन। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार, अहिले पनि नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको छ । दक्षिण एसियामा धेरै बालविवाह हुने मुलुकमा नेपाल तेस्रो स्थानमा छ।

कानुनले वर्जित गरेको २० वर्ष भन्दा कम उमेर समूहमा धेरै व्यक्तिहरूको विवाह हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनमा व्यवस्था भए पनि धादिङ जिल्लामा त्यही उमेर भन्दा कम उमेर समूहमा विवाह गर्नेहरुको संख्या आर्थिक वर्षमा २०७७/७८ मा बालबिवाह ७ सय ४९ जनाले गरेका थिए भने २०७८/७९ मा ५ सय ७९ जनाले बालबिवाह गरेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ । यो चालु आर्थिक वर्षमा जिल्लाभर २०८९/८० मा ४ सय ५६ जनाले बालबिवाह रहेका छ । प्रदेश सरकारबाट बालविवाह नियन्त्रण लागि बजेट विनियोजन गरिएको हुन्छ । धादिङका स्थानिय तहले बजेटको सदुपयोग गरे मात्रै पनि बालविवाह न्यूनिकरण हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution