
धादिङ,२७ बैशाख ।
वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०४ औँ जन्म जयन्तीको अवसरमा ५ दिने खुल्ला रक्त परिक्षण कार्यक्रम सुरु भएको छ ।
नीलकण्ठ नगरपालिका–४ स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय परिसरमा सुरु भएको रक्त परिक्षण कार्यक्रममा आज २३२ जना विद्यार्थीहरुको रक्त परिक्षण गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयको आयोजना, लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोगमा संचालन भएको थियो ।
आजदेखि सुरु भएको रक्त परिक्षण कार्यक्रम बैशाख ३१ गतेसम्म संचालन हुनेछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |