Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालबालिकालाई छुटेको खोप लगाइँदै

प्रत्यूष १५१९ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १५, शुक्रबार (३ साल अघि)
बालबालिकालाई छुटेको खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

उहाँले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।

रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई विभिन्न रोगविरुद्धको खोप लगाइन्छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका, २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएका र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको छ ।

खोप लगाउन छुट भएका सबै बालबालिकालाई खोप लगाई नेपाललाई पूर्ण खोप सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्न थालिएको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुकुमार लालले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुट्ने क्षेत्रको बच्चा पत्तालगाइ खोप अभियान सञ्चालन गरिने बताउनुभयो ।

केही जिल्लामा खोप लगाउन छुट भएका बच्चाको सङ्ख्या बढेर दादुरा र रुवेलाको महामारीसमेत देखापरेकाले छुटेको खोप दिन थालेको जनाउँदै मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

    Post Thumbnail

    ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution