Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उम्मेदवार उमेश थापाको राजनितिक यात्रा

९०८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १७, शनिबार (४ साल अघि)
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उम्मेदवार उमेश थापाको राजनितिक यात्रा

सल्यानटार,१७ बैशाख ।
३० वर्षदेखि राजनीतिमा क्रियाशील युवानेता उमेश कुमार थापा नेकपा एमालेको तर्फबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार हुनुभएको छ । भूगोल बुझेका त्यागी नेताको पहिचान बनाएका थापाले २०७४ को स्थानीय निर्वाचनमा सहमतिमा अध्यक्ष छाडेरे चुनावमा लाग्नु भएको थियो । यस पटक एमालेले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षको टिक दिएपछि त्रिपुरासुन्दरी बासीमा आशाको संचार भएको छ ।

निरन्तर राजनीतिमा मात्र जीवन अर्पण गर्दै आफ्नो गाउँठाउँ बनाउने हेतुले यो पटक गाउँपालिका प्रमुखमा थापा होमिनुभएको छ । परिवारभन्दा माथि उठेर समाज र राजनीति मात्र सोचेर अघि बढ्नु भएका थापा स्वयं युवा र हरेक कोणबाट योग्य भएकाले गाउँपालिका प्रमुख बनी गाउँ बनाउने अभियानमा अघि बढ्नु भएको छ ।

‘ईमान्दार र आदर्श व्यक्तित्व, त्रिपुराबासीले रूचाएको नेतृत्व’ नाराका साथ चुनावी अभियान सुरू भइसकेको छ । पार्टीमा एकमत सिर्जना गरी सबैलाई समेट्दै अघि बढ्ने क्षमता बोकेका थापा एमाले बाहेक कादलका समर्थकले पनि उत्तिकै रुचाइएका पात्र हुनुहुन्छ । मुलपानी, पोखरास्थित महेन्द्रोदय माविमा २०४८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटि अध्यक्ष भएर राजनीतिमा अघि बढेका थापाले तीन दशकको राजनीतिक अनुभव बटुल्नु भएको छ ।

अनेरास्ववियु धादिङ क्षेत्र नं. १ का अध्यक्ष, धादिङ जिल्ला कमिटिको विभिन्न पदमा रही अध्यक्ष, बागमती अञ्चल कमिटि सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय कमिटिको सदस्यमा बसेर उहाँले विद्यार्थी आन्दोलन हाँकि सक्नुभएको छ ।यस्तै, नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चको सदस्य हुँदै सचिव, नेकपा एमालेका ईलाका कमिटि, क्षत्रीय कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको १८ बर्ष को अनुभव पनि युवा नेता थापा सँग छ । मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्ष भएर समेत सफल कार्यकाल बिताइ सक्नुभएको छ ।

एमालेको बागमती प्रदेश कमिटी सदस्य रहनुुभएका थापा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि अग्रसर रहँदै आउनुभएको छ । भद्र र शालिन व्यक्तित्वका रुपमा चिनिने युवा नेता थापा सधैं अग्रमोर्चामा रहेर खटिँदै आउनुभएको छ।
उमेशकुमार थापा जिल्लामा लोकप्रिय नेताको रूपमा स्थापित हुनुहुन्छ । सबैको कुरा सुन्ने तर कम बोल्ने प्रवृत्तिका थापाले आफूलाई त्रिपुराबासीले सहजै विजयी बनाउने विश्वास लिएको बताउनुभयो ।

३० वर्षसम्म योगदानको तुलनामा अवसरबाट वञ्चित रहेका थापाले पार्टीका लागि त्याग गर्दै आउनुभएको छ । अविछिन्न अविचलित रही पार्टीका निम्ति काम गर्दै आउनुभएका थापा पार्टीको कुशल संगठक समेत हुनुहुन्छ। (रञ्जन अधिकारीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

  • Post Thumbnail

    सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस

  • सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution