
धादिङ,१३ बैशाख ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार स्थित रानी पौवा मा.विमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुने भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका, नरसिंह धाम मुल संरक्षण समिति र पतन्जलि योग समिति धादिङको आयोजना, सल्यान्टार क्याम्पस र रानीपौवा मा.वि को व्यवस्थापन तथा सल्यान्टार बाल विकास इङलिस बोर्डिङ स्कुल, साना किसान कृषि सहकारी संस्था लि, सल्यान्टार बचत तथा ऋण सहकारी संस्था लि, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि, मुक्तिनाथ विकास बैँक लि, नेपाल इन्भेसमेन्ट मेगा बैँक लि र माछापुच्छ्रे बैँक लि, सल्यान्टार शाखा एवं स्थानियको सहयोगमा ५ दिने निशुल्क योग विज्ञान शिविर हुने भएको हो ।
गरौँ योग रहौँ निरोग,सबैको लागि सधैको लागि योग भन्ने मुल मन्त्रका साथ बैशाख १५ गतेदेखि १९ गतेसम्म बिहान ५ बेजेदखि ७ बजेसम्म योग शिविर हुने निशुल्क योग विज्ञान शिविर आयोजकका अध्यक्ष पदम प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
निशुल्क योग विज्ञान शिविरमा मुख्य केन्द्रिय प्रभारी, पतन्जलि योग समिति नेपालका मुख्य प्रभारी आदरणिय योग गुरु लवदेव मिश्रज्यु एवं महिला पतन्जलि योग समिति नेपालका केन्द्रिय प्रभारी पुज्या साध्वी देवादितीज्यु ले प्रशिक्षण दिनुहुने पतन्जली योग समितिका जिल्ला अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
निशुल्क योग विज्ञान शिविरमा सहभागि हुनको लागि आयोजकले सबैलाई सादर निमन्त्रणा गर्दछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |