Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय

प्रत्यूष ११९४ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय

काठमाडौँ,२१ मंसिर ।

अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ । हेजिङ नियमावली संशोधन भएपछि पहिलोपटक यस्तो संस्था तोक्न लागेको हो । संशोधित नियमावलीअनुसार राष्ट्र बैंकबाट अनुमतिप्राप्त सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार, विकास बैंक तथा वाणिज्य बैंकलाई आह्वान गरेको छ ।

आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव गर्नुपर्ने उल्लेख छ । इच्छुक संस्थाले १५ दिनभित्र आफ्नो व्यावसायिक योजना पेस गर्नुपर्ने उल्लेख छ । नियमावलीले यो जिम्मेवारी सरकारी स्वामित्व पूर्वाधार विकास बैंक र वाणिज्य बैंकलाई दिएको छ । हेजिङ सुविधा दिन इच्छुक संस्थाले यसका लागि अर्थ मन्त्रालयमा व्यावसायिक योजना पेस गर्नुपर्नेछ । अर्थले कुनै पनि बैंकलाई हेजिङ गर्ने संस्था तोक्न सक्ने उल्लेख छ ।

सरकारले ठूला परियोजनामा अधिकतम ५५ प्रतिशतसम्म शुल्क व्यहोर्ने व्यवस्थासहित हेजिङ नियमावली संशोधन भएको छ। सरकारले ७० प्रतिशतसम्म व्यहोर्नुपर्ने अडानबाट पछि हटेपछि ५५ प्रतिशतमा नियमावली टुंगो लागेको हो। नयाँ व्यवस्थाअनुसार प्रसारण लाइन निर्माणमा सरकारले २० प्रतिशत र ३५ प्रतिशत नेपाल विद्युत् प्राधिकरणले हेजिङ शुल्क व्यहोर्नुपर्नेछ।

के हो हेजिङ?     

विदेशी विनियमदरमा आएको उतारचढावबाट हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा हो हेजिङ। यसमा लगानीकर्ताले ल्याएको विदेशी ऋणको विनिमय दरलाई स्थिर राखिन्छ । विदेशी कम्पनीले अमेरिकी डलरमा विदेशबाट ऋण ल्याउँदा डलरको सटही दरमा उतारचढाव हुँदा लगानीकर्तालाई नोक्सान हुन सक्छ। यस्तो जोखिम न्यूनीकरण गरी लगानी आकर्षित गर्न हेजिङ गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

  • Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

  • Post Thumbnail

    यातायात भाडा समायोजनको माग

  • Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

    गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    Post Thumbnail

    नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution