
धादिङ,०३ असोज ।
आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा धादिङ सहित देशैभर विविध कार्यक्रम गरेर मनाइएको छ ।आठौं संविधान दिवसकै अवसरमा धादिङका बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी केवलपुर उप–शाखाको आयोजनामा थाक्रे गाउँपालिका–६ महादेवबेशीमा भएको रक्तदान कार्यक्रममा १४ जना महिला र ६१ जना पुरुष गरी ७५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै अनेरास्वविय(क्रान्तिकारी) धादिङको आयोजनामा धादिङबेशी स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३ जना पुरुषले रक्तदान गरेको श्रेष्ठले बताउनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।
जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |