Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गरिने

नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावट गर्ने प्रहरी कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गर्ने भएको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (५ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावट गर्ने प्रहरी कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गर्ने भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले आज विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावटमा पूर्व तथा बहालवाला प्रहरी कर्मचारीको संलग्नता, प्रोत्साहन, सहयोग वा सहजीकरण भएको पाइएमा कडा कारबाही गरिने बताउनुभयो । प्रहरीले अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखत प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य गैरकानुनी र प्रहरी आचरणविपरीत भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता गतिविधिमा संलग्न जोसुकै व्यक्तिमाथि प्रचलित कानुन तथा प्रहरी सङ्गठनको नीतिगत व्यवस्थाबमोजिम आवश्यक छानबिन गरी कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । गोप्य विवरण चुहावट गर्नेमात्र नभई त्यस्ता कार्यलाई प्रोत्साहन गर्ने, सहयोग पु¥याउने तथा सहजीकरण गर्ने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका गोप्य विवरण सार्वजनिक हुँदा अनुसन्धानको दायरामा रहेका सशङ्कित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पर्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता र संवेदनशीलतामा समेत प्रभाव पर्न सक्छ । यसले नेपाल प्रहरीको साङ्गठनिक गरिमामा समेत आँच पुग्ने प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी नियमावली, २०७१ को नियम ७९ मा रहेको आचरणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएमा नियम १०९ र ११३ अनुसार विभागीय कारबाही हुने प्रहरीले जनाएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ का उपदफा (३), (४) र (५) मा गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन गर्नेसम्बन्धी कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ ।

प्रहरी प्रधान कार्यालयले बहालवाला तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन र सार्वजनिक नगर्न निर्देशन दिएको छ । साथै, यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन र अरूलाई समेत संलग्न नगराउन आग्रह गर्दै प्रहरीले पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा साङ्गठनिक जिम्मेवारीप्रति सचेत रहन सबै प्रहरी कर्मचारीलाई अनुरोध गरेको छ ।

दुई लाख माग्ने पाँच पक्राउ

प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई छुटाइदिने बहानामा रु दुई लाख माग गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ का ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ का २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ का ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ का ३० वर्षीय हर्कसिंह भोलन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी प्रभाग काँडाघारीमा एक व्यक्तिलाई सोधपुछका लागि बोलाइएको थियो । सोही क्रममा उनलाई भेट्न पुगेका भाइसँग त्यहाँ रहेका व्यक्तिहरूले आफूहरू प्रहरी निरीक्षक भएको परिचय दिँदै उनका दाजुलाई छुटाइदिने भन्दै रु दुई लाख माग गरेका थिए ।

रकमको व्यवस्था गरे मुद्दा नचलाई छुटाइदिने भन्दै उनीहरूले रकम माग गर्नुका साथै होटलको खर्चसमेत तिर्न लगाएको प्रहरीले जनाएको छ । होटलको खर्च तिर्न अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ओखलढुङ्गा
  • काठमाडौँ
  • नेपाल प्रहरी
  • रामेछाप
  • सिन्धुपाल्चोक
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

  • Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

  • Post Thumbnail

    बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुन:स्थापनालाई तीव्रता दिँदै प्रदेश सरकार

  • रोकायालाई त्रिविको सम्मान

    रोकायालाई त्रिविको सम्मान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution