Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (७ घण्टा अघि)
हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

काठमाडौँ, ११ मङ्सिरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालालगायत सहभागी हुनुभएको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञहरूले नेपालको शैक्षिक अवस्था, शिक्षाको गुणस्तर र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको बढ्दो प्रवृत्तिबारे धारणा राख्नुभएको थियो । उहाँहरूले विद्यार्थी पलायन रोक्न स्वदेशमै गुणस्तरीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि हिसानले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने उहाँहरूको भनाइ थियो ।

हिसानका अध्यक्ष युवराज शर्माले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रको विकासमा संस्थाले योगदान गर्दै आएको बताउनुभयो । उहाँले यस क्षेत्रमा संस्थाका गतिविधिलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा जोशीले शिक्षा क्षेत्रमा हिसानले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले संस्थाले आफ्नो योगदानलाई थप विस्तार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

स्थापना दिवसकै अवसरमा हिसानले आज बिहान काठमाडौँमा म्याराथन दौडसमेत आयोजना गरेको थियो।

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    भारतीय सहयोगमा नवनिर्मित छात्रावास भवनको शुभारम्भ

  • चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

    चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

  • मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

    मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

  • विचार:
विद्यालय सिकाइ कि यातना केन्द्र ?

    विचार: विद्यालय सिकाइ कि यातना केन्द्र ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

    Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

    Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution