Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भारतीय सहयोगमा नवनिर्मित छात्रावास भवनको शुभारम्भ

भारतको सहयोगमा मुस्ताङको लोमन्थाङ–२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको आज शुभारम्भ गरिएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ११ मङ्सिरः भारतको सहयोगमा मुस्ताङको लोमन्थाङ–२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको आज शुभारम्भ गरिएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डे र लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले उक्त भवनको संयुक्त रूपमा शुभारम्भ गर्नुभएको दूतावासले जनाएको छ ।

दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको थियो जसलाई मुस्ताङको लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो ।

सो अवसरमा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङ तथा अन्य सरोकारवालाले भारत सरकारले प्रदान गरेको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले मुस्ताङको लोमन्थाङ गाउँपालिकाका विद्यार्थी तथा शिक्षकका लागि सिकाइको वातावरण सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता हालसम्म भारत सरकारद्वारा नेपालका सातवटै प्रदेश समेट्ने गरी ६०५ वटा परियोजना अघि बढाइएका छन् ।

मुस्ताङका १८ वटा परियोजनासहित ६४ वटा यस्ता परियोजना गण्डकी प्रदेशमा रहेका दूतावासले जनाएको छ । यस अतिरिक्त भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ ।

  • काठमाडौँ
  • मुस्ताङ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

    हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

  • चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

    चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

  • मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

    मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

  • विचार:
विद्यालय सिकाइ कि यातना केन्द्र ?

    विचार: विद्यालय सिकाइ कि यातना केन्द्र ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

    Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

    Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution