Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण, पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु

हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालयमा प्रदर्शन तथा संरक्षणका लागि विभिन्न जातजाति र समुदायको मौलिक पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु गरिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (४ घण्टा अघि)
हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण, पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु

खोटाङ, ११ मङ्सिरः हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालयमा प्रदर्शन तथा संरक्षणका लागि विभिन्न जातजाति र समुदायको मौलिक पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु गरिएको छ ।

नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजाति तथा समुदायका मौलिक संस्कार, संस्कृति, परम्परा, रहनसहन र ऐतिहासिक पहिचानको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

सङ्ग्रहालयमा मौलिक भेषभूषा, गरगहना, बाजागाजा, कृषि तथा घरेलु औजार, पूजाआजामा प्रयोग हुने सामग्री, ऐतिहासिक भाँडाकुँडा र हस्तकलाका सामग्री सङ्कलन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले इच्छुक समुदाय, सङ्घसंस्था, गुठी, क्लब तथा व्यक्तिलाई ३५ दिनभित्र सामग्रीको विवरणसहित नगरपालिकाको कार्यालयमा उपलब्ध गराउन वा सङ्कलनका लागि जानकारी दिन आग्रह गर्नुभएको छ । सामग्री उपलब्ध गराउने व्यक्ति, परिवार, टोल, क्लब वा संस्थाको नाम, ठेगाना र सम्पर्क नम्बरसहित सामग्रीको नाम, सम्बन्धित समुदाय वा जातजाति, अनुमानित पुरानो समय वा ऐतिहासिक महत्त्व र सङ्क्षिाप्त परिचय उपलब्ध गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

व्यक्तिगत वा सामुदायिक रूपमा दान तथा हस्तान्तरण गर्न अथवा निश्चित अवधिका लागि प्रदर्शनमा राख्न चाहनेले त्यसको स्पष्ट विवरणसमेत खुलाउनुपर्ने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । सङ्ग्रहालयमा प्रदर्शन गरिने सामग्रीको उचित संरक्षण र अभिलेखीकरण गर्नुका साथै दाता तथा सम्बन्धित समुदायको पहिचान झल्किने गरी विवरण सुरक्षित राखिने नगरपालिकाले जनाएको छ ।

ऐतिहासिक तथा गौरवपूर्ण कार्यमा सक्रिय सहभागिता र सहयोगका लागि सबै जातजाति, आदिवासी जनजाति समुदाय, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालालाई नगरपालिकाले आग्रह गरेको छ ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङलुङ पार्क परिसरमा बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले रु एक/एक करोड बजेट उपलब्ध गराएका थिए । प्रदेश सरकारको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा, ताप्लेजुङले रु ९० लाख तथा नगरपालिकाको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले रु ८० लाख ८१ हजारमा सङ्ग्रहालय भवन निर्माणको जिम्मा लिएका थिए ।

प्रदेश सरकारको बजेटबाट एउटा तथा नगरपालिकाको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माणको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । बहुउद्देश्यीय सङ्ग्रहालयका लागि आवश्यक सामग्री स्थानीय समुदायबाट सङ्कलन भएपछि कार्यपालिकाको बैठकबाट उद्घाटनको मिति तय गरिने जनाइएको छ ।

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बुङलुङ पार्कमा सङ्ग्रहालय स्थापना गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैली संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

“स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैली संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका छौँ । बहुसांस्कृतिक सङ्ग्रहालय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ”, नगरप्रमुख राईले भन्नुभयो, “नगरपालिकाले यस परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाएको छ । निर्धारित समयमै निर्माण सम्पन्न भएको बहुसांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा आएपछि विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा बहुसांस्कृतिक सङ्ग्रहालयसहित बुङलुङ पार्क निर्माण भइरहेको छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र पिकनिक (वनभोज) का लागि जाने गरेको ककनीडाँडालाई स्तरोन्नति गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने नगरपालिकाको योजना छ ।

प्राकृतिक रूपमा रहेका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचमा सुहाउँदा फूल रोप्ने, ठाउँठाउँमा ढुङ्गे प्रवेशद्वार बनाउने, ढुङ्गे धारा निर्माण गर्ने तथा ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउनेलगायतका काम भइरहेका छन् । प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङका ढुङ्गा मिलाएर फूलको आकृति बनाउने तथा विभिन्न कला र संस्कृति झल्काउने सजावटका काम पनि भइरहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन ढुङ्गे बगैँचालाई नगरपालिकाले ‘बुङलुङ’ पार्क नामकरण गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिने यस स्थानमा ढुङ्गाकै साना गेट निर्माण गरी पर्यटकलाई आकर्षित गर्ने योजना छ ।

ढुङ्गे बगैँचाको चारैतिर घेराबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्रमा पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने र पर्यटक बस्न तथा आराम गर्न ठाउँठाउँमा काठका बेन्च बनाउने काम सम्पन्न भएका छन् । यसबाहेक पार्कमा विद्युत्, पिउने पानी, विश्रामस्थल, केबलकार, भोजनालय र कफीसपलगायत संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेको र त्यसपछि ढुङ्गाको कलात्मक आकृति बनेको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बुङलुङ पार्क हलेसी हुँदै जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यअन्तर्गतको मुन्दुम ट्रेल (पदमर्ग) को प्रवेशस्थलमा पर्दछ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै साल्पा–सिलिचुङसम्म निर्धारण गरिएको छ । त्रिधार्मिकस्थल हलेसी र ककनीडाँडानजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुमसमेत अवस्थित छ ।

सङ्ग, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङलुङ पार्कमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । निर्माणाधीन अवस्थामै पार्कका आकर्षक तस्बिर सामाजिक सञ्जालमा फैलिन थालेपछि यस क्षेत्रप्रति पर्यटकको आकर्षण बढेको छ ।

  • खोटाङ
  • ताप्लेजुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु

  • स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

    स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

  • Post Thumbnail

    विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

  • मौरीपालनबाट आत्मनिर्भर बन्दै गोमा

    मौरीपालनबाट आत्मनिर्भर बन्दै गोमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

    Post Thumbnail

    नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

    Post Thumbnail

    सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

    Post Thumbnail

    रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution