Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाँचथर

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन । डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन् ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (२ घण्टा अघि)
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

पाँचथर, ११ मङ्सिरः हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन । डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन् ।

खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ । तर फिदिम–काबेली खण्डमा भने यहाँ डाइभर्सन नहुँदा ठूला सवारीसाधनमात्रै सञ्चालन भइरहेका छन् । हिउँद लागे पनि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित हेंवाखोलामा पानीको बहाव मनग्य हुने हुँदा दुई र तीनपाङ्ग्रे सवारी र साना चारपाङ्ग्रे सवारीसाधन पार गर्न सक्ने अवस्था नरहेको हिलिहाङ–७ माझीटारका बासिन्दा रामकुमार माझीले बताउनुभयो । उहाँका अनुसार तमोर करिडोरको यस खण्डको निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानबाट ठूला सवारीसाधन पार गर्न सक्ने संरचना बनाएको छ ।

साना सवारी पार हुन नसक्दा तमोर करिडोर सडकले समेट्ने पाँचथरको हिलिहाङ गाउँपालिकाका बासिन्दा अत्यधिक प्रभावित भएका छन् । “डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ । तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्रयाँइ गर्दा हामीले दुःख पाइरहेका छौँ”, हिलिहाङ गाउँपालिका–५ का वीरेन्द्र मङ्ग्रातीले भन्नुभयो, “यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ ।”

फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङ निर्माण कम्पनी र सरकारी निकायले साह्रै सामान्य काम पनि नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो हिँड्नुपरेको तथा माझीटार क्षेत्रको व्यापार व्यवसाय सञ्चालनमा आउन नसकेको बताउनुभयो । यस वर्ष गत चैतदेखि निरन्तर वर्षा भएकाले डाइभर्सन टिक्न सकेको छैन । जसकारण तमोर करिडोरको यस खण्डमा सवारीसाधन नियमित हुनसकेका छैनन् । “एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ”, तामाङले भन्नुभयो ।

विगतमा पनि यहाँ डाइभर्सन मर्मत र पुनर्निर्माणमार्फत नै यातायात सञ्चालन गर्ने गरिएको थियो । तर यस वर्ष यातायात अवरोध भएको आठ महिना बितिसकेको छ । डाइभर्सन निर्माणमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्कालै काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ ।

निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पर्ने हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज तथा खोला किनाराको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आएकामा यस वर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माणकार्यमा समेत प्रगति नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

  • पाँचथर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

  • हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

  • Post Thumbnail

    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

  • आलेखः मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै बुुढीचौर

    आलेखः मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै बुुढीचौर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution