Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (२८ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १० मङ्सिरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उहाँले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गर्नुभयो ।

मन्त्री साहले विभिन्न पेसा, व्यवसायका सिलसिलामा बेलायमा रहनुभएका नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी, व्यावसायिक विज्ञता, नवीनता र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाली र बेलायती अर्थतन्त्रबीच सेतुको काम गर्न आग्रह आह्वान गर्नुभयो ।

नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान, विश्वास र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै मन्त्री साहले यो सम्बन्ध केबल कूटनीतिक संलग्नतामा मात्र सीमित नभई जनस्तर र भावनात्मक निकटतामा पनि आधारित रहेको बताउनुभयो ।

“यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवद्र्धन गर्न सकोस्”, उहाँले भन्नुभयो । नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको उहाँले औँल्याउनुभयो ।

अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उहाँले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराउनुभयो ।

“व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय रहेका छन्, यसलाई सरकारले स्वीकार गरेको छ”, उहाँले भन्नुभयो ।

नेपालका लागि बेलायतका राजदूत रब फेनले बेलायत र नेपाल २०४ देखिका साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै गइरहेको बताउनुभयो ।

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सकिएमा द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताउनुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

  • चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

    चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

  • Post Thumbnail

    लागुऔषधसहित २७ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

    Post Thumbnail

    विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

    Post Thumbnail

    विदेशी मुद्रासहित दुई जना पक्राउ

    Post Thumbnail

    दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution