Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताउनुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१६ मिनेट अघि)
विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर, ८ मङ्सिरः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताउनुभएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उहाँले बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ । विपद् कोषमा रहेको १० करोड पाँच लाख तत्कालै खर्च हुने अवस्था आएपछि चालु बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरेको छ ।”

मुख्यमन्त्री थापा मगरले सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा अन्य प्रभावित संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाउनुभयो ।

गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्कालै विपद् परिषद्को बैठक बसेर खोज, उद्दार, उपचार, राहत वितरण तथा वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको मुख्यमन्त्रीले स्मरण गर्नुभयो ।

उहाँले प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुुभयो ।

विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकार छुट्टाछुट्टै ढङ्गले अघि बढ्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताउनुभयो ।

प्रभावित नागरिकको पीडा प्रदेश सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधिले सीमित स्रोतसाधनका बाबजुद उद्दार, राहत तथा व्यवस्थापनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले वास्तविक समस्यामा आधारित रही समस्या सम्बोधन हुने ढङ्गले व्यवस्थापन गरिनुपर्छ गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

उहाँले विपद्सम्बन्धी समयमा काम गर्न सकिएन भने स्थानीय निर्वाचनका कारण पुनर्निर्माण र पुनःस्थापनाका समस्या ओझेलमा पर्न सक्ने भएकाले बजेटबाट के–के काम गर्न सकिन्छ भनी ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी मोडेल अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुनःस्थापनालाई मुख्यतः मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनका क्षेत्रमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलको विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक सहयोग, सिपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव थियो ।

प्रदेशसभा सदस्यहरु प्रभात तामाङ र रमेशकुमार महत तथा रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाअध्यक्ष लगायतले स्थानीय समस्याबारे जानकारी गराउनुभयो ।

  • नुवाकोट
  • रसुवा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

  • रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

    रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

  • दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • Post Thumbnail

    बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

    आलेखः विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

    विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

    विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

    दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

    दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution