Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नयाँदिल्ली

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुग्नुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१ दिन अघि)
प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली (भारत), ६ मङ्सिर: प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुग्नुभएको छ ।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नुभयो । उहाँलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो ।

त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारलगायत हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने तालिका छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

यस्तै, सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयु) आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले साँझ ६:०० बजे शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ ।

  • नयाँदिल्ली
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

  • प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

    प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

  • प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

    प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

  • प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

    प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    Post Thumbnail

    झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

    Post Thumbnail

    चितवनमा तीन हजार २८२ को नि:शुल्क आँखा परीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution