Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

लागुऔषधसहित १७ जना पक्राउ

झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१३ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ४ मङ्सिरः झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा एक ग्राम ३३० मिलिग्राम उक्त पदार्थ र नगद रु १५ हजार तथा डिक बहादुरको कोठा तलासी १४० मिलिग्राम उक्त पदार्थ र नगद रु १२ हजार फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

यसैगरी, झापा शिवसताक्षी नगरपालिका–२ मङ्गलबारेबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७३० मिलिग्रामसहित दमक नगरपालिका–७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीचौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका–८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुलसहित सोही महानगरपालिका–५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कास्की, पोखरा महानगरपालिका–१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–३ घर भएका ३० वर्षीय महेश गुरुङसमेत दुई जनालाई अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्राम २०० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ११ ट्याब्लेटसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कास्की, पोखरा महानगरपालिका–२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्रीसमेत चार जनालाई अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ७०० ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका–५ टीकाथलीबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब सात ग्राम ३१० मिलिग्राम र नगद रु १८ हजार ९५० सहित तीन जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौँ बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–६ घर भएका ३२ वर्षीय पुर्ण शङ्कर गिरी रहेका छन् ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका–९ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका–५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ आठ ग्राम ६५० मिलिग्रामसहित उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका–१ सिमरपानीबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३२९ एम्पुल, बुप्रेनोर्फिन ३३६ एम्पुल र प्रोमेथाजाइन ३३७ एम्पुलसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदीप केवट रहेका छन् ।

लगुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • काठमाडौँ
  • कास्की
  • झापा
  • रूपन्देही
  • ललितपुर
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

  • Post Thumbnail

    तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी मनाइयो

  • नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

    नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

  • Post Thumbnail

    हुम्लाको खडिखेतमा झोलुङ्गे पुल निर्माणका लागि प्रक्रिया अघि बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

    Post Thumbnail

    सेतीनदीको किनारमा भक्तजनको घुइँचो

    Post Thumbnail

    मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

    Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution