Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

समय, अनुमतिपत्र खारेज प्रक्रिया अघि बढाइने

नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता रकम नतिर्ने दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (११ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३ मङ्सिर: नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता रकम नतिर्ने दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणले बक्यौता रकम नबुझाएका तथा अनुमतिपत्र नवीकरण नभएका सेवा प्रदायकलाई सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता चुक्ता गरी त्यसको जानकारी प्राधिकरणलाई गराउन भनेको हो ।

प्राधिकरणका अनुसार सम्बन्धित सेवा प्रदायकले विगतका आर्थिक वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र त्यसमा लाग्ने थप दस्तुर तथा जरिवाना बुझाएका छैनन् ।

प्राधिकरणले १५ दिनभित्र बक्यौता रकम चुक्ता नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम सम्बन्धित सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । साथै, बाँकी बक्यौता रकम प्रचलित कानुनबमोजिम असुल गरिने जनाएको छ ।

विभिन्न २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ । अनुमतिपत्र नवीकरण नभएका सेवा प्रदायकको सूचीमा एलिसा कम्युनिकेसन लिङ्क, एरोनेट प्रालि, ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेसन लिमिटेड, क्लासिक टेक प्राइभेट लिमिटेड, कम्युनिकेसन एण्ड कम्युनिकेट नेपाल प्राइभेट लिमिटेड, एभरेस्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड, जीआरएस लिङ्क इन्टरनेट सर्भिस प्राइभेट लिमिटेड, आइजोन प्राइभेट लिमिटेड, कालिका नेट, खप्तड नेट, कनेक्ट नेपाल नेटवर्क, मर्केन्टाइल कम्युनिकेसन, नेक्स्ट गिकर्स प्राइभेट लिमिटेड, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क लिमिटेड, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम रहेका छन् ।

त्यस्तै, विभिन्न नौ वटा कम्पनीलाई राजस्व बक्यौता तिर्न १५ दिनको समय दिइएको छ । बक्यौता रकम दाखिला गर्नुपर्ने यस्ता सेवा प्रदायकमा बेनी कम्युनिकेसन्स, ब्रोड ब्यान्ड नेपाल, फस्र्टलिङ्क कम्युनिकेसन्स, क्षिरेश्वर नेटवर्क, लुम्बिनी म्याक्स डिजिटल केबल नेट, मेड इन्फो टेक, प्राइम नेटवर्क, सुबिसु लिमिटेड र युनिफाइड कम्युनिकेसन रहेका छन् ।

प्राधिकरणले यी सेवा प्रदायकलाई पनि १५ दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । तोकिएको अवधिमा रकम दाखिला नगरेमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने र कानुनअनुसार बाँकी रकम असुल गर्ने जनाएको छ ।

यसैबीच, प्राधिकरणले दूरसञ्चार सेवाका प्रयोगकर्तालाई सेवा खरिद तथा प्रयोग गर्दा प्राधिकरणबाट नियमानुसार अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्र सेवा लिन आग्रह गरेको छ । प्राधिकरणले सेवा प्रदायकको अनुमतिपत्रको अवस्था यकिन गरेर मात्र इन्टरनेट तथा अन्य दूरसञ्चार सेवा खरिद वा प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्दै अनधिकृत वा नवीकरण नभएका सेवा प्रदायकबाट सेवा नलिन सचेत गराएको हो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    सुचना प्रविधि सम्बन्धि थप
  • Post Thumbnail

    मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

  • प्रविधि हस्तान्तरणको लागी प्रस्ताव आह्वान सम्बन्धी सूचना

    प्रविधि हस्तान्तरणको लागी प्रस्ताव आह्वान सम्बन्धी सूचना

  • Post Thumbnail

    सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

  • सार्वजनिक सूचना

    सार्वजनिक सूचना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

    सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

    सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

    Post Thumbnail

    नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

    विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution