Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा जोड

नेपाल, भारत र भुटानमा मानव–वन्यजन्तु द्वन्द्व साझा चुनौतीका रूपमा बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, ज्ञान आदानप्रदान र स्थानीय आवश्यकतामा आधारित समाधानमा जोड दिइएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (१८ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, २ मङ्सिरः नेपाल, भारत र भुटानमा मानव–वन्यजन्तु द्वन्द्व साझा चुनौतीका रूपमा बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, ज्ञान आदानप्रदान र स्थानीय आवश्यकतामा आधारित समाधानमा जोड दिइएको छ ।

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा आयोजित तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा तीन देशबीच सहकार्यमा जोड दिइएको हो ।

तीन देशमा वन्यजन्तु र मानिसबीचको बढ्दो द्वन्द, वन्यजन्तुको बासस्थान खण्डीकरण तथा बासस्थानमाथिको बढ्दो दबाबजस्ता समस्या समान रहे पनि द्वन्द्वको प्रकृति र गम्भीरता भने भौगोलिक क्षेत्र तथा देशअनुसार फरक रहेको संरक्षणकर्मीहरूले बताएका हुन् ।

नेपाल, भारत र भुटान हेर्ने विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का क्षेत्रीय प्रमुखले मानव–वन्यजन्तु द्वन्द्व राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती भएकाले यसको समाधानका लागि क्षेत्रीयस्तरमा सामूहिक पहल आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले भविष्यमा विकास गरिने मानव–वन्यजन्तु सहअस्तित्वका नवीन उपायमा आदिवासी तथा स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदायको सहभागिता, आवश्यकता र अनुभवलाई संरक्षणका उपायमा समेट्नु आवश्यक रहेको बताउनुभयो । “तीन देशका पारिस्थितिक, सामाजिक–आर्थिक तथा संस्थागत अवस्था फरक रहेकाले द्वन्द्व न्यूनीकरणका उपाय पनि स्थानीय वास्तविकता र समुदायको आवश्यकताअनुसार तयार गर्नुपर्छ,” राष्ट्रिय प्रतिनिधि गुरुङले भन्नुभयो, “क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र साझा सिकाइ महत्त्वपूर्ण भए पनि स्थानीय परिवेशअनुकूलका समाधान आवश्यक रहेको छ ।”

उहाँले मानिस र ठूला माँसाहारी वन्यजन्तुबीचको भेटघाट तथा द्वन्द्व कम गर्न गन्धमा आधारित अवरोधक प्रणालीको परीक्षण गरिरहेको जानकारी गराउनुभयो । विज्ञानमा आधारित उक्त नवीन प्रविधिले परम्परागत द्वन्द्व न्यूनीकरणका उपायलाई थप प्रभावकारी बनाउन सक्ने भन्दै सहभागीले चासो व्यक्त गरेका थिए ।

बैठकमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा संरक्षणका लागि दिगो वित्तीय स्रोत जुटाउन भइरहेका नवीन प्रयासबारे पनि छलफल भएको थियो ।

त्यस्तै, भुटानले बाघ संरक्षण तथा व्यवस्थापनका लागि दिगो वित्त जुटाउने उद्देश्यले परीक्षण गरिरहेको ‘टाइगर इम्प्याक्ट सर्टिफिकेट’ पहललाई पनि सम्भावनायुक्त उपायका रूपमा प्रशंसा गरिएको थियो ।

त्यस्ता पहलले संरक्षणका उदीयमान चुनौती सम्बोधन गर्न नवीन प्रविधि, देशहरूबीच अनुभव आदानप्रदान तथा नयाँ वित्तीय स्रोतको खोजी आवश्यक रहेको सहभागीको भनाइ छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

  • डोम समुदायको परम्परागत पेसामा अन्य समुदायको आकर्षण

    डोम समुदायको परम्परागत पेसामा अन्य समुदायको आकर्षण

  • Post Thumbnail

    संरक्षण र प्रचारप्रसारको पर्खाइमा नदै गुफा

  • कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

    कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विशेष अदालतमा आरोपपत्र दायर

    Post Thumbnail

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा जोड

    Post Thumbnail

    मन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेट

    Post Thumbnail

    पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution