
जुम्ला, २ मङ्सिरः जुम्लाको तिला गाउँपालिका–९ माथिल्लो खोप्री गाउँमा रहेको नदै गुफा उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
गुफासम्म पुग्ने सहज बाटो नहुँदा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन् । हजारौँ चमेराको बासस्थानसमेत रहेको करिब २०० मिटर लामो गुफामा पर्यटकीय सम्भावना भए पनि आवश्यक संरक्षण र प्रचारप्रसार हुन नसकेको वडाध्यक्ष धनबहादुर रावतले बताउनुभयो ।
गुफा तथा मन्दिर संरक्षण र निर्माणका लागि सङ्घीय सरकारको रु ९० लाख बजेटबाट गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय देविलाल बोहोराका अनुसार परम्परागत रूपमा गाईको थुनको आकारजस्तै देखिने यस गुफाबाट पानी बग्ने विशेषता छ । प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नदै गुफालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन गाउँपालिकाले गुरुयोजना बनाएर काम अघि बढाउने अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |