
जनकपुर, १ मङ्सिरः मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको छ ।
मन्त्री मेहताले आज जनकपुरधामस्थित मधेश विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले सम्बन्धित निकायको व्यवस्थापन, सञ्चालन अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो । साथै, विभिन्न निकायमा देखिएका व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहका समस्याबारे चासो व्यक्त गर्दै सुधारका लागि आवश्यक सुझावसमेत दिनुभएको थियो ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सम्बन्धित पक्षसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अनुगमनका क्रममा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन व्यवस्थापकीय सुधार तथा आवश्यक समन्वयमा जोड दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |