
वीरगञ्ज (पर्सा), १ मङ्सिरः प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा बाल सुधार गृह, वीरगञ्जबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिर बस्ने २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (एल) लाई पक्राउ गरेको हो । उनलाई वीरगञ्ज महानगरपालिका–४ मालपोत चोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
सुर्खेत जिल्ला अदालतमा अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १२ वर्ष छ महिना कैद र रु २५ हजार जरिवाना तोकिएका उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका थिए ।
यसैगरी, प्रहरीले सार्वजनिकस्थलमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण तथा शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१७ केहुनिया बर्वास्थित तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाई अशान्ति फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साका रोशन पटेल, चन्दन पटेल र पृथ्वी कार्की तथा बाराका दिनेश पटेल र मञ्जुर हवारी रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |