Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (७ घण्टा अघि)
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दी, १ मङ्सिरः म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन ।

मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको संरचना पछिल्लो विपद्का बेला पनि उपयोगविहीन बनेको छ । खडेरी, मुहान सुक्ने, पाइप फुट्ने र पहिरोका कारण खानेपानी आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न म्याग्दी नदीको पानी तानेर वितरण गर्ने योजनासहित उक्त संरचना निर्माण गरिएको थियो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–२ स्थित म्याग्दी नदी किनारको हाडेभिरबाट बराहपाखोमा रहेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी सङ्कलनस्थलसम्म पानी पु¥याउने संरचना बनाएको हो ।

विसं २०८० मा निर्माण सम्पन्न भएको उक्त संरचना प्राविधिक समस्या देखिएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन । संस्थालाई हस्तान्तरणसमेत नभएको संरचना पछिल्लो विपद्का बेला पनि प्रयोग गर्न नसकिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

उहाँका अनुसार असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य खानेपानी पाइपलाइन क्षतिग्रस्त बनाएपछि बेनीमा आपूर्ति प्रभावित भएको थियो । तर, विकल्पका रूपमा निर्माण गरिएको संरचना सञ्चालनयोग्य नहुँदा त्यसबाट पानी आपूर्ति गर्न सकिएन ।

विपद्का बेला समेत प्रयोगमा आउन नसकेको संरचनाको औचित्य र सरकारी लगानीको प्रतिफलमाथि उपभोक्ताले प्रश्न उठाएका छन् । उनीहरूले प्राविधिक समस्या समाधान गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

काठमाडौँको एएम प्याराडाइजले विसं २०७८ असोजमा वैकल्पिक खानेपानी आपूर्ति तथा शुद्धीकरणसम्बन्धी संरचना निर्माणका लागि रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिका–२ को हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनार निर्माण गरी विद्युत्बाट सञ्चालन हुने तीनवटा सबमर्सिबल पम्प जडान गरिएको छ । इनारबाट करिब नौ सय मिटर लामो चार इञ्चको जीआई पाइप बिछ्याएर एक सय ३० मिटर उचाइमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म पानी पु¥याउने व्यवस्था गरिएको छ ।

तीनवटै पम्प सञ्चालन गर्दा प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने क्षमता छ । म्याग्दी नदीको सडक पुलदेखि रिजर्भ ट्याङ्कीसम्मको पाइपलाइन भने प्रयोगमा आएको छ ।

यसैबीच, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो मुख्य पाइपलाइन अस्थायी रूपमा मर्मत गरी कात्तिक २७ गतेदेखि वितरण सुरु गरेको छ । हाल ती मुहानबाट प्रतिसेकेन्ड आठ लिटर पानी आपूर्ति भइरहेको छ ।

विपद्अघि उक्त मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी बेनीमा आपूर्ति हुने गरेको थियो । विपद्का कारण पाइपलाइन क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो ।

संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा दैनिक आवश्यकताका लागि प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ । संस्थाले बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण गर्दै आएको छ ।

मागअनुसार पानी आपूर्ति हुन नसकेपछि टोल विभाजन गरेर आलोपालो प्रणालीबाट वितरण गर्नुपरेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।

  • काठमाडौँ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

  • विचारः नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

    विचारः नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

  • Post Thumbnail

    कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन

  • कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

    नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

    नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

    Post Thumbnail

    अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

    कर तिर्नु असल नागरिकको पहिचान

    कर तिर्नु असल नागरिकको पहिचान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution