
मुगु, ३० कात्तिक: रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौँको बिएण्डबी अस्पतालमा पुर्याइएको थियो ।
घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै मृत्यु भएका तीन जना काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शवलाई मुगुबाट सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्याइ सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडाैँ लगिएको छ ।
काठमाडौँबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |